Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विपद् पूर्वकार्य कार्यढाँचा बनाउदै प्राधिकरण, अन्तर्राष्ट्रिय मोडलहरुमा छलफल शुरु


काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रभावमा आधारित ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउने कार्य शुरु गरेको छ ।

प्राधिकरण विपद् व्यवस्थापनमा काम गरिरहेका संघसंस्था समेतको सहभागीतामा कार्यढाँचा बनाउने कार्यमा जुटेको हो । विहीवार विपद् पूर्वकार्यढाँचा निर्माण सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सरोकारवालाहरुको सल्लाह सुझावसहित आएको ‘पूर्वकार्य कार्याढाँचा’ माथि थप छलफल गरेर अन्तिम रुप दिने जानकारी दिए ।

उनले भने ‘विपद्लाई दैवीक प्रकोप ऐनबाट हेरिरेको अवस्थाबाट अहिले हामी विपद् व्यवस्थापन न्युनिकरण तथा व्यवस्थापन ऐनबाट विपद् व्यवस्थापन काम गरिरहेका छौँ । घटना हुन नदिनका लागि कसरी काम गर्नुपर्छ भन्ने ढंगले विभिन्न तहमा काम भईरहेका छन् । भूईंचालोले विपद् व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने पाठ सिकायो । ऐन आउने समयमा संसदमा ८ वटा दल थिए जो झगडा मात्रै गर्दथे । उनीहरुलाई एक ठाउँमा ल्याएर विपद् व्यवस्थापन सरकारको पहिलो दायित्व रहने भनेर ऐनमा नै राख्ने अवस्था श्रृजना गर्यो । विपद् व्यवस्थापन ऐनमा स्थानीय सरकारलाई एकल र संघ र प्रदेश सरकारलाई पनि जिम्मेवारीबाट भाग्न नसक्ने अवस्थामा राखिएको छ । अहिले पनि विपद् भन्ने वित्तिकै बाढी मात्रै भन्ने बुझाई छ । मधेसमा सुख्खाग्रस्त क्षेत्र घोषणा भयो । युएनको एउटा संस्थालाई भन्दा उहाँहरुले बाढीको लागि छ सुखाका लागि छैन भन्नुभयो । बाढीका लािग राखिएको रकम सुख्खामा खर्च गर्न मिल्दैन भन्ने आयो । एउटा विपद्लाई हेरेर कार्यविधि बनाउँदा अरु विपद्लाई हेर्न नमिल्ने अवस्था छ । हामीले यस्ता कार्यविधिलाई सुधार गर्नुपर्छ । विपद्का घटनाहरु बढ्दै गएका छन् । एउटा गाउँलाई दिने अर्को लाई नदिने भन्ने अवस्था पनि छन् । त्यसैले जुनसुकु अवस्थामा पनि काम गर्ने ऐन नियमको व्यवस्था हुनुपर्यो । यो कार्यशालाले विपद् प्रतिको बुझाईमा एकरुपता ल्याउनेछ भन्ने विश्वास लिएको छु ।’

प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सबैका लागि पूर्वसूचना प्रणालीअन्तर्गत पुनःस्थापना सम्मको काम गर्दै आएको भएपनि रियाक्टिभ एप्रोजका कामले क्षति न्युनिकरण हुन नसकेका कारण विपद्मा काम गर्ने सबैका लािग साझा कार्यढाँचा बनाउन लागिएको स्पष्ट पारे । वपद् व्यवस्थापनका लागि चुनौति भएका स्थानहरुमा ए अप्रोजमा काम गर्न आवश्यक रहेकाले एकरुपताका लागि पूर्वकार्य कार्यढाँचा आवश्यक रहेको बताए ।

उनले भने ‘ विपद् पूर्वकार्य कार्यढाँचा’ मा प्रभावमा आधारित पूर्वसूचना प्रणाली सक्रिय बनाउनुपर्ने हुन्छ त्यसमा जान सकिएन भने सही व्यवस्थापन गर्न सकिँदैन । प्रक्रियागत रुपमा अघि बढेपछि ‘ विपद् पूर्वकार्य कार्यढाँचा’को सबै तहका सरकारमा व्यापकता बढाउनेतर्फ प्राधिकरण जानेछ ।’

कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए । कार्यशाला मार्फत विपद् पुर्वानुमान पछि गरिने विपद् पूर्वकार्यमा एकरुपता ल्याउनका लािग प्राधिकरणले कार्यढाँचा बनाउन लागेको हो । अहिले पनि स्थानीय सरकार र सरोकारवालाहरुले विपद्को पूर्वसूचना आउने वित्तिकै माइकिङ गरे सर्वसाधरणलाई जानकारी गराउने, डुबानमा पर्नसक्ने जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने लगायत काम भईरहेको भएपनि स्पष्ट कार्यढाँचा नभएकाले विपद् पूर्वकार्य प्रभावकारी बन्न नसकेको अवस्थामा प्राधिकरणले साझा कार्यढाँचा बनाउन लागेको हो । तीन दिनसम्म विभिन्न ९ वटा मोडलमाथि छलफल गरी आवश्वयकताका आधारमा कार्यहरुलाई थपघट गरी नेपालका लागि उपयुक्त कार्यढाँचा बनाइने बताईएको छ । कार्यढाँचामा विपद् सर्तकता, खतरा, खतरामाथि के गर्ने भन्ने लगायत अवस्थामा गर्ने कार्य तय गरिनेछ । विभिन्न विपद्बाट हुने मानवीय क्षति र भौतिक क्षति न्युनिकरण गर्ने उद्देश्य साथ विपद् पूर्वानुमान पछिको पूर्वतयारीको कार्यढाँचा बनाउन लागिएको हो ।

नेपालमा २००७ देखि नै एन्टिसिपेटरी एक्शनका कामहरु हँुदै आएको छ । सन् २०२१ पछि प्रभावमा आधारित पूर्वसूचना प्रणालाी लगायतमा काम भएको पाइन्छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?