Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

स्पेनी प्रधानमन्त्रीद्वारा व्यापार साझेदारहरूलाई विविधीकरण गर्न इयुसँग आग्रह


एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आईतवार राति भएको नयाँ इयु–अमेरिका व्यापार सम्झौताको घोषणापछि सोमवार युरोपेली संघ (इयु) लाई देशको व्यावसायिक सम्बन्धलाई विविधीकरण गर्न आग्रह गरेका छन् ।

अघि म्याड्रिडस्थित आफ्नो निवासमा बोल्दै सान्चेजले युरोपेली आयोगले गरेका प्रयासहरूको आफूले मूल्यांकन गरेको बताए । युरोपेली आयोगले गरेका प्रयासहरुको आफूले कदर गरेको बताउँदै युरोपेली आयोगका अध्यक्षको रचनात्मक र वार्ता गर्ने मनोवृत्तिको प्रशंसा गरे ।

स्कटल्याण्डको साउथ आयरशायरमा ट्रम्प टर्नबेरीमा व्यापार वार्तापछि आईतवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ सम्झौताको घोषणा गरे ।

दुवै नेताहरूले सम्झौतालाई व्यापार सन्तुलन पुनस्र्थापित गर्ने र थप समतामूलक दुई–तर्फी वाणिज्य प्रवद्र्धन गर्ने दिशामा एक कदमको रूपमा वर्णन गरे । यो सम्झौताले संयुक्त राज्य अमेरिकालाई रणनीतिक अमेरिकी निर्यातको दायराको लागि शुन्य–ट्यारिफ पहुँच सुरक्षित गर्दै इयु सामानहरूमा व्यापक १५ प्रतिशत कर लगाउन अनुमति दिन्छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?