Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो ?


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले मधेश प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । उनले मधेशको खोनपानीको समस्या विगत वर्षहरुमा समेत राख्दै आएको पनि सरकार गम्भीर नहुँदा संकट उत्पन्न भएको बताए । उनले मधेशमा घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न पनि माग गरे ।

उनले भने, ‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पनन गरेको छ । अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्नेगरी, वन बिनास गर्नेगरी कानून पनि ल्याउँदैछ । यो कस्तो नीति हामी अंगाल्दैछौं ।’

उनले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग गरे । उनले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?