Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) पटक–पटक बन्द हुने आरोप लगाएका हुन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो आरोप लगाएका हुन् । सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताए । उनले पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारतिर पाठ्यक्रम बनाउन ढिला गर्न नहुने बताए । उनले विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको बताए । उनले जिम्मेवार र कर्तव्यहिन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गरे ।

उनले भने, ‘सरकार छ, मन्त्रालयहरु छन्, विज्ञहरु छन् । त्रिभूवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ ? किन सरकारले खोल्न सक्दैन ? विश्वविद्यालयले नयाँ कार्यक्रमहरु ल्याउन सक्दैन ? हाम्रा विद्यार्थीहरुले फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषयहरु पढ्न चाहन्छ । हामी त्यस्ता कार्यक्रमहरु किन ल्याउन सक्दैनौं ? सरकारले यसको बारेमा किन काम गर्दैन ? यो आजको सबैभन्दा ठूलो सवाल हो । यहाँ सबै युवाहरु पलायन हुन भनेर दलालहरुसँग मिलेर कुनैपनि कार्यक्रमहरु ल्याइदैनन् सभामुख महोदय ।’

उनले सबै प्रकारको पेसामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउन अवस्था अन्त्य गर्नुपर्ने बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?