Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम


काठमाडौँ। लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपाल बागमति एरियाको वृहत वृक्षारोपण कार्यक्रम शनिवार लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टार सहित ४० क्लबहरुको उल्लेख्य उपस्थितिमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १३, कुवापाखोमा सम्पन्न गरेको छ ।

कार्यक्रम डिष्ट्रिक्ट चिफ (वृक्षारोपण) दुर्गा थापाको संयोजकत्वमा तथा पि एम जे एफ लायन धनिराम बरालको प्रमुख आतिथ्यमा, डिष्ट्रिक फष्ट लेडी लायन बिष्णु बराल तथा पि डि जी द्वय लायन महेन्द्र पैडेल र भिमलाल पौडेल, फष्ट भाईस डिष्ट्रिक गर्भनर लायन रत्न पराजुलि, डिष्ट्रिक्ट चिफ एडभाईजर एम जे एफ लायन बलराम सुबदी, चिफ अफ प्रोटोकल एम जे एफ लायन माधव पान्डे, प्रो ईन चिफ एम जे एफ लायन गिता शर्मा चापागाई, चिफ अफ ए ओ जि लायन यमुना भन्डारी लगायत डिष्ट्रिक्ट क्याबिनेटका सम्पुर्ण सिनियर लायन लिडर, ४० वटै क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई विशेष महत्व दिएर पोखरा, स्यांजा, काठमाडौं लगायत विभिन्न स्थानबाट वृहत् वृक्षारोपण कार्यक्रमलाई सफल बनाउनको लागि नेतृत्व गणहरुको बाक्लो उपस्थिति रहेको थियो। यस कार्यक्रमका प्रमुख अतिथि तथा डिष्ट्रिक्ट गभर्नर पि एम जे एफ लायन धनिराम बरालले विश्वले झेलिरहेको ग्लोवल वार्मिंग जस्तो जटिल परिवेशमा यस वृक्षाारोपण कार्यक्रमले वातावरणीय पर्यावरणलाई कायम राख्न थप सहयोग गर्ने बताएका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?