Trending
>>   आज मिति २०८२ साल भदौ ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति


एजेन्सी। टर्किएले रोमन सम्राट र दार्शनिक मार्कस अरेलियसको मूर्ति देशबाट तस्करी भएको ६५ वर्षपछि सफलतापूर्वक फिर्ता ल्याएको संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एरसोयले बताएका छन् । प्राचीन मूर्ति चाँडै नै अंकारामा एक विशेष प्रदर्शनीमा जनताको लागि अनावरण गरिने बताइएको छ ।

१९६० को दशकमा दक्षिणपश्चिमी टर्किएको प्राचीन शहर बोबोनबाट लुटिएको यो मूर्ति दशकौंदेखि संयुक्त राज्य अमेरिकामा प्रदर्शनमा थियो । न्यूयोर्क म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालय र अमेरिकी गृह सुरक्षा विभागसँगको सहकार्यमा यो पुनप्र्राप्ति गरिएको थियो । यो फिर्ता टर्कीको सांस्कृतिक सम्पदा पुनः प्राप्त गर्ने व्यापक प्रयासको एक हिस्सा हो ।

विगत सात वर्षमा ८ हजार ९ सय ६७ ऐतिहासिक कलाकृतिहरू स्वदेश फिर्ता गरिएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?