Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन


काठमाडौँ। पूर्वाधार विकास समितिले सुनकोसी–मरिन डाइमर्सनबारे अध्ययन तथा अनुगमन गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।

सांसद प्रकाश ज्वालाको संयोजकत्वमा दलीय प्रतिनिधित्व हुनेगरी सात सदस्यीय उपसमिति गठन गरेको हो । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले समितिका सदस्यहरूमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी, सुशीला श्रेष्ठ रहनुभएको जानकारी दिए । समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनको कार्यप्रगति सम्बन्धमा आवश्यक स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गरी आयोजना कार्यान्वयन गर्न निर्माण व्यवसायी, स्थानीय, इन्जिनियर, कन्सल्ट्यान्ट लगायतका निकाय, सरोकारवालासँग परामर्स गरी दुई महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्नेछ ।

तराई–मधेसका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको सुनकोसी–मरिन डाइभर्सनको काम सन्तोषजनक रुपमा अघि नबढेको सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । सुनकोसीको करिव ७६ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने र सिंचाईसहित ३१ मेगावाट विद्युत उत्पादन गरिने उक्त आयोजना २०८४ को असोजसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि काम राम्रोसँग अघि बढ्न सकेको छैन ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?