Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

नवराज सुवेदीको प्रतिक्रिया : अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारे


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गरेका थिए । सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आईतवार उनी निर्वाचन आयोग पुगे । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिए । उनले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाएका छन् । उनले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहोर्याउँदै उनले थप प्रतिक्रिया पछि दिने बताए ।

उनले भने, ‘अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो । केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन । त्यसकारण यो प्राकृतिक न्यायको खिलापमा उहाँहरुले निर्णय गर्नुभयो । निर्णय गर्नुभन्दा अगाडि मलाई सोध्नुपनि पथ्र्यो । मलाई सोधिएको पनि छैन । मैले त मिडियाबाट थाहा पाएँ । त्यसकारण म निर्वाचन गर्न आएको हो । पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । निश्पक्ष न्याय पाएपछि म के गर्छु थाहा हुन्छ । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।’

उनले राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गरेका छन् । पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उनको भनाइ छ ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?