Trending
>>   वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार क्रियाशील छः मन्त्री ठकुरी >>   मधेसमा ८२ प्रतिशत धान रोपाईं सम्पन्न >>   विश्वको कुनैपनि देशमा कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानूनी व्यवस्था छैनः नेम्वाङ >>   राज्यले कैदीबन्दीलाई थुनेर राखेर वार्षिक २ अर्ब खर्च गर्दैछः सोविता गौतम >>   जसपा सांसद झाको गृहमन्त्री लाइ प्रश्नः कारागारभित्र हातहतियार कसरी जान्छ ? >>   लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक: मन्त्री खड्का >>   संवैधानिक निकायहरुमा कैयौँ समस्या छन्, गुनासा राख्दै हिँड्नुपरेको छ: महालेखा परीक्षक राया >>   प्रचण्डलक्षित ओलीको टिप्पणीः कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ >>   नेपालमा योग्य मान्छेहरुको अभाव भइसक्योः पूर्वअर्थमन्त्री महत >>   वर्तमान राजनीतिक समिकरण ०८४ सम्मै जान्छ:प्रधानमन्त्री
Logo
२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

चालु आ.व.मा ललितपुर महानगरपालिकाको बेरुजु ०.५२ प्रतिशत


ललितपुर। महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।

शनिवार पत्रकार सम्मेलन गरी महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनेले कुल ६८.१४ प्रतिशत खर्च गर्दा पुँजीगत खर्र्च भने ६०.६२ प्रतिशत गरेको बताएका हुन् । मेयर महर्जनकाअनुसार चालु आर्थिक वर्षमा महानगरपालिकाले चालु खर्च ८५.३२, राजश्व संकलन ७५ प्रतिशत र बेरुजु ०.५२ प्रतिशत रहेको छ । त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ प्रतिशत, वित्तीय जोखिम मूल्यांकन ९९.५ प्रतिशत र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७४.७१ प्रतिशत रहेको बताएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार, प्रशासनिक खर्चका लागि १ अर्ब ३३ करोड ३ लाख १८ हजार र सामाजिक सुरक्षा र सशर्त अनुदानतर्फ १ अर्ब ६३ करोड ६१ लाख विनियोजन गरेको छ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?