Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

संवैधानिक निकायहरुमा कैयौँ समस्या छन्, गुनासा राख्दै हिँड्नुपरेको छ: महालेखा परीक्षक राया


काठमाडौँ। महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरुमा पनि धेरै समस्याहरु रहेको बताएका छन् ।

बुधवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले समस्याहरुको चाङ भएपनि आफूहरुका गुनासाहरु सम्बोधन गर्ने अहिलेसम्म कोही नभएको बताएका छन् । अहिले संवैधानिक निकायको प्रशासनिक स्वायततामै धेरै समस्या रहेको रायाले बताए । महालेखा परीक्षक कार्यालय संवैधानिक निकाय भएपनि लेखापरीक्षकको मूल्यांकन मुख्यसचिवले गर्ने गरेकोमा रायाले प्रश्न उठाएका छन् ।

उनकाअनुसार संवैधानिक निकायका प्रमुखले आफ्ना कर्मचारीको मूल्यांकन गर्न नपाउनु ठिक होइन । यसरी स्वायतत्ता मिच्दा लेखापरीक्षकले राम्रो नगर्दा उसलाई सजग बनाउन समेत आफूले नपाएको गुनासो गरेका छन् ।रायाले त्यस्तो ऐनहरु संसदले बनाइदिएको भन्दै सांसद्हरुप्रति आक्रोश पोखेका छन् । पार्टीको ह्विपमा सांसद्हरुले कानून नपढी पास गर्दा संवैधानिक निकायको स्वायत्ततामाथि नै प्रश्न उठ्ने स्थीति आएको उनको भनाइ छ । रायाले संवैधानिक निकायभित्रका समस्याका बारेमा संसदीय समितिहरुले छलफल चलाउन पर्ने बताएका छन् । उनले एकएक समस्याहरु आफूले बताइदिने बताए । अहिलेसम्म संवैधानिक निकायभित्र रहेका समस्याहरु सुल्झाउने कोही नभएको बताउँदै महालेखा परीक्षक रायाले कानून बनाउने निर्माताहरुले गम्भीर रुपमा सोच्ने बेला आएको बताएका छन् ।

उनले भने,‘संवैधानिक निकायहरुका आआफ्नै समस्याहरु छन् । प्रशासनिक स्वायत्तता खोसिएको छ । कर्मचारीको सेवा सञ्चालन, लेखापरीक्षण सेवा भन्ने छ हामीसँग । त्यो लेखापरीक्षण सेवाको कर्मचारी महालेखा परीक्षकको कार्यालय भन्दा अन्त कतैपनि सरुवा हुन्न । त्यसको सेवा सञ्चालन अर्थमन्त्रालयले गर्छ । त्यो महालेखा परीक्षकलाई दिएको भए हुन्थ्यो । अर्को कुरा लेखापरीक्षकको कार्यसम्पादन मुल्यांकन मैले (महालेखा परीक्षक) ले गर्दिन । लेखापरीक्षकको कार्यसम्पादन मूल्य सचिवले गर्नुहुन्छ । सरकारले त्यो छोडेकै छैन् । कर्मचारीले राम्रो गर्दा त ठिक छ तर कहिँलेकाही नराम्रो गर्दा म कहाँ गएर कराउने हो ?’

उनले सार्वजनिक लेखा समितिमा समेत समस्याबारे जानकारी गराउँदा समेत अहिलेसम्म केही नभएको बताएका छन् । रायाका अनुसार संवैधानिक निकायका प्रमुखहरुले नै यसरी गुनासो गर्दै हिड्नुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण रहेको बताउँदै आम नागरिकले गुनासो गर्नुलाई समेत अस्वभाविक रुपमा लिन नहुने बताएका छन् । आम नागरिकले सोसल मिडियामार्फत गाली गरेर भनेर के भन्ने भन्दै रायाले हरेक विषयमा गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको उनको भनाई रहेको छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?