Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रचण्डलक्षित ओलीको टिप्पणीः कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका दाहालले निर्माण ढिलाइ भएको भन्दै संसद्मा प्रश्न उठाएका थिए । प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनशायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद काम अघि बढेको बताएका छन् ।

उनले भने, ‘निर्माणका क्रममा प्रतिक्रियावादले दिएको झन्झट, अवरोधका गलत मनसायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद कीर्तिपुरको क्रिकेट रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रश्नहरु सुनिए, प्याराफिट बन्नो ? मेरो जवाफ छ– बन्यो । फ्लड लाइट जोडियो ? टुंगिन आँट्यो । कुनै जादु त होइन नि । यस्ता प्रश्न गर्ने साथिहरुलाई एक पटक संसदीय समितिका माननीय सदस्यहरुले जस्तै अनुगमन गर्नको लागि अनुरोध गर्छु । सँगै जाने भएपनि जाऔँ मिलाएर सँगै हेर्न । यसपटक प्याराफिट र फ्लडलाइट जोड्ने काम सकिएपछि रंगशालाको दोस्रो चरणको काम फेरि अगाडि बढाइेछ ।’

प्याराफिट र फ्लडलाइट जडान सकिएपछि दोस्रो चरणको काम अघि बढाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?