Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

प्रचण्डलक्षित ओलीको टिप्पणीः कीर्तिपुर रंगशाला निर्माणको काम हेर्न सँगै जाने भए पनि जाऔँ


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्न आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रंगशालामा प्याराफिट र फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका दाहालले निर्माण ढिलाइ भएको भन्दै संसद्मा प्रश्न उठाएका थिए । प्रधानमन्त्री ओलीले रंगशालाको निर्माण प्रक्रियामा प्रतिक्रियावादी अवरोध, गलत मनशायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद काम अघि बढेको बताएका छन् ।

उनले भने, ‘निर्माणका क्रममा प्रतिक्रियावादले दिएको झन्झट, अवरोधका गलत मनसायसहितका मुद्दा र प्रतिकुल मौसमका बाबजुद कीर्तिपुरको क्रिकेट रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रश्नहरु सुनिए, प्याराफिट बन्नो ? मेरो जवाफ छ– बन्यो । फ्लड लाइट जोडियो ? टुंगिन आँट्यो । कुनै जादु त होइन नि । यस्ता प्रश्न गर्ने साथिहरुलाई एक पटक संसदीय समितिका माननीय सदस्यहरुले जस्तै अनुगमन गर्नको लागि अनुरोध गर्छु । सँगै जाने भएपनि जाऔँ मिलाएर सँगै हेर्न । यसपटक प्याराफिट र फ्लडलाइट जोड्ने काम सकिएपछि रंगशालाको दोस्रो चरणको काम फेरि अगाडि बढाइेछ ।’

प्याराफिट र फ्लडलाइट जडान सकिएपछि दोस्रो चरणको काम अघि बढाइने पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?