Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक: मन्त्री खड्का


काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुको मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गरेका हुन्। मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उनको भनाइ छ । उनले विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ अगडि बढाइरहेको समेत बताएका छन्। उनकाअनुसार हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ । सरकारले विद्युत निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत पु¥याउन बाँकी छ । ति ठाउँहरुमा पनि विद्युत आपूर्ति गरिराखेको अवस्था छ । हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । र उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु ।’

मन्त्री खड्काले वैकल्पिक उर्जा विकासका लागि समेत सरकार लागिपरेको बताएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?