Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

वर्तमान राजनीतिक समिकरण ०८४ सम्मै जान्छ:प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्मै जाने दोहोर्याएका छन्।

प्रतिनिधि सभामो बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको आरोप समेत लगाएका छन् । देश र राजनीतिक स्थिरता लागि नभई व्यक्तिगत लाभका लागि प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘यस्तो अस्थिरताको पक्षपोषण केका लागि हो ? देशका लागि, राजनीतिक स्थिरताका लागि त पक्कै होइन, हुन सक्दैन । अस्थिरताको जतिसुकै चाहना राखेपनि अगामी ०८४ सालको निवाचर्नसम्म यही राजनीतिक समिकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौं ।’

उनले वर्तमान व्यवस्थाको रक्षा गर्नको लागि लोकतान्त्रिक पार्टीहरुले भूमिका खेल्नुपर्ने बताएका छन्।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?