Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बिपद् व्यवस्थापनमा संघ–प्रदेशबीच समन्वय र सहकार्य आवश्यकः मन्त्री लामिछाने


काठमाडौं। वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालको आयोजनामा विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले गत असोजको घटनाबाट पाठ सिकेर आवश्यक पूर्वतयारीमा जुटिरहेको बताए । उनले गत वर्षको असोजमा आएको बाढीले झन्डै १२ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको भन्दै यस वर्ष उच्च शतर्कताका साथ विपद् जोखिम न्युनिकरणमा जुटिरहेको बताए । उनले सबै जिल्लाका सुरक्षा निकायहरुलाई समेत हाई अलर्टमा बस्न निर्देशन दिइएको मन्त्री लामिछानेको भनाइ छ । उनले विपद् व्यवस्थापनका लागि प्रदेश एक्लैले नसक्ने उल्लेख गर्दै संघ र प्रदेश सरकारबीच आवश्यक सहकार्य र समन्वयको आवश्यकता रहेको बताए । उनले विपद् व्यवस्थापनका लागि संघ सरकारसँग पटक–पटक बजेट माग गरिएको भएपनि गृहमन्त्रालयले पर्याप्त सहयोग नगरेको बताए । उनले प्रदेशमास समेत विपद्का लागि बजेट नै नछुट्याइने चलन रहेकोमाय स वर्ष आफ्नै पहलमा १० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

उनले भने, ‘हामी गत वर्षमा भएका घटनाहरुबाट शिक्षा लिँदै यस वर्ष हाई अलर्टमा बस्ने, सुरक्षा निकायहरुलाई पनि तयारी अवस्थामा बस्न भनेका छौं । विगतमा पनि केही कमजोरीको कारण उद्धारमा केही समस्या भएको थियो । यस वर्ष संघ सरकार र प्रदेश सरकारबीच सहकार्य र समन्वय गरेर विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्यका काम चुस्त दुरुस्त बनाउने काम गरिरहेका छौं । एउटा विडम्वना भन्नुपर्छ, गत वर्षसम्म विपद्मा खासै बजेट नै नराख्ने चलन रैछ । सकिन लागेको वर्षमा २५ लाख रुपैयाँ राखिएको थियो । यसपल्ट मैले बजेटको लागि निकै नै लबिङ गरे । फेरि त्यो मेरो मात्रै इच्छाशक्तिले नहुने रैछ । यसपटक मैले विपद् कार्यको लागि १० करोड बजेट विनियोजन भएको छ । गत वर्ष असोज १०–१२ मा आएको बाढीले करिव १२ अर्बको क्षति भएको देखाएको छ । लभगभ ६ हजार घर ढलेका छन् । त्यो अवस्थामा हाम्रो प्रदेश सरकारको बजेटले मात्रै त्यो धान्नसक्ने अवस्था छैन । हामी विपद् कार्य गर्नको लागि बजेट पठाइदिन गृहमन्त्रालयलाई पटक पटक भनेका छौं । तर पनि संघ सरकारले विपद् कार्य गर्नको लागि प्रदेशसँग सहकार्य गर्न चाहेको छैन । प्रधानमन्त्रीज्युको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् परिषद्को बैठकले गरेका निर्णयहरु समेत कार्यान्वयन भएका छैनन् ।’

उनका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् परिषद्को बैठकले गरेका निर्णयहरू समेत अहिलेसम्म कार्यान्वयनमा आएका छैनन् ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?