Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

आवश्यकता बढी र स्रोतसाधनको कमीका कारण बजेटमा सबैको चित्त बुझ्न सकेनः पूर्वअर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताएका छन् ।

सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गरे । उनले बजेट प्रस्तुत गर्दा स्रोत तथा साधनको प्राथमिकीकरणको आधारमा हुनुपर्ने बताए । उनले सरकारले कुनै ठाउँ बढी र कुनै ठाउँ कम बजेट विनियोजन गर्नुको आधार दिनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले कुन–कुन कारणले बजेट राख्न सकिएन ? भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए । उनले बजेटमाथिको छलफलपछि संशोधन गर्ने परम्परा अहिलेसम्म नरहेको जिकिर गरे । उनले आउने दिनहरूमा बजेट निर्माणको प्रक्रियामा महत्वपूर्ण सुधार गर्नुपर्ने धारणा राखे ।

उनले भने, “हाम्रा आवश्यकताहरू अत्यन्त ज्यादा छन् । त्यही अनुरूपको स्रोत साधन छैन । त्यसो भएको कारणले सबैको चित्त त बुझ्दैन । तर, बजेट प्रस्तुत गर्दा ती स्रोत र साधनको प्राथमिकीकरण र जहाँ अति आवश्यक छ त्यहाँ गर्ने, कम आवश्यकता भएको ठाउँमा यस कारण हामीले राखेनौँ भन्ने आधार चाहिँ सरकारले दिनुपर्छ । यस कारण हामीले यो यो ठाउँमा राखेनौँ किनकि यो भन्दो महत्वपूर्ण राख्नुपर्ने ठाउँ त्यो थियो भनेर अर्थमन्त्रीले आधार दिनुपर्छ । अब बजेट सकिएपछि संशोधन आदी, इत्यादि भन्ने कुरा त्यो अहिलेसम्मको परम्परा छैन । यसबाट हामीले सिकेर आउने दिनमा बजेट निर्माणको प्रक्रियालाई नै महत्वपूर्ण सुधार गर्नुपर्छ ।”

उनले बजेट निर्माणको क्रममा सरकारले सांसदहरूको कुरा नसुनेको भन्नु गलत भएको बताए ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?