Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आवश्यकता बढी र स्रोतसाधनको कमीका कारण बजेटमा सबैको चित्त बुझ्न सकेनः पूर्वअर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताएका छन् ।

सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गरे । उनले बजेट प्रस्तुत गर्दा स्रोत तथा साधनको प्राथमिकीकरणको आधारमा हुनुपर्ने बताए । उनले सरकारले कुनै ठाउँ बढी र कुनै ठाउँ कम बजेट विनियोजन गर्नुको आधार दिनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले कुन–कुन कारणले बजेट राख्न सकिएन ? भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए । उनले बजेटमाथिको छलफलपछि संशोधन गर्ने परम्परा अहिलेसम्म नरहेको जिकिर गरे । उनले आउने दिनहरूमा बजेट निर्माणको प्रक्रियामा महत्वपूर्ण सुधार गर्नुपर्ने धारणा राखे ।

उनले भने, “हाम्रा आवश्यकताहरू अत्यन्त ज्यादा छन् । त्यही अनुरूपको स्रोत साधन छैन । त्यसो भएको कारणले सबैको चित्त त बुझ्दैन । तर, बजेट प्रस्तुत गर्दा ती स्रोत र साधनको प्राथमिकीकरण र जहाँ अति आवश्यक छ त्यहाँ गर्ने, कम आवश्यकता भएको ठाउँमा यस कारण हामीले राखेनौँ भन्ने आधार चाहिँ सरकारले दिनुपर्छ । यस कारण हामीले यो यो ठाउँमा राखेनौँ किनकि यो भन्दो महत्वपूर्ण राख्नुपर्ने ठाउँ त्यो थियो भनेर अर्थमन्त्रीले आधार दिनुपर्छ । अब बजेट सकिएपछि संशोधन आदी, इत्यादि भन्ने कुरा त्यो अहिलेसम्मको परम्परा छैन । यसबाट हामीले सिकेर आउने दिनमा बजेट निर्माणको प्रक्रियालाई नै महत्वपूर्ण सुधार गर्नुपर्छ ।”

उनले बजेट निर्माणको क्रममा सरकारले सांसदहरूको कुरा नसुनेको भन्नु गलत भएको बताए ।


प्रकाशित मिति: ९ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?