Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पर्यटन प्रवद्र्धन गर्न वेस्टर्न ट्राभल मार्ट गरिने


पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित आगामी माघ २७ देखि २९ गतेसम्म मार्टका लागि तयारी गरिएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जिल्लाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्न लागिएको मार्टलाई विशेष महत्वको बनाउने गरी कर्णाली र लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य तथा कला संस्कृतिलाई प्राथमिकतामा राखेर काम गरिने छ । मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा ¥याफटिङ, रारा यात्रा र माउण्टेन फलाइट गराउने तयारी भएको अध्यक्ष सिग्देलले बताउनुभयो । मार्टबाट बाँकेका दुई वटा ऐतिहासिक धार्मिकस्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । यसैगरी नेपालको मौलिक उत्पादनको रुपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामग्री र शालिग्रामको प्रचारका लागि आयोजक नाटाले काम गर्ने उहाँकोे भनाइ थियो । मार्टका बेला पश्चिम नेपालमा लगानीको वातावरण निर्माण र सम्भावनाको खोजीबारे छलफल गर्न नेपालका पर्यटन व्यवसायी र उद्योगपतिलाई निमन्त्रणा गर्ने तयारी गरिएकोे नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्ने भएकोले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउने लक्ष्यसहित आफूहरुले काम गरिरहेको जिकिर गर्नुभयो ।

दोस्रो पटक नेपालगञ्जमा हुन लागेको मार्टमा सहभागिता जनाउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीका लागि गर्वको कुरा भएको पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । ट्राभल मार्टमा भारतको दिल्ली, आगरा, गोण्डा, बनारस र लखनउबाट पर्यटन व्यवसायी तथा पर्यटकलाई ल्याउने तयारी गरिएको उहाँको भनाइ थियो ।


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?