Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

पर्यटन प्रवद्र्धन गर्न वेस्टर्न ट्राभल मार्ट गरिने


पश्चिम नेपालमा पर्यटन प्रवद्र्धन गर्न नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना हुने भएको छ । पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित आगामी माघ २७ देखि २९ गतेसम्म मार्टका लागि तयारी गरिएको नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जिल्लाका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्न लागिएको मार्टलाई विशेष महत्वको बनाउने गरी कर्णाली र लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य तथा कला संस्कृतिलाई प्राथमिकतामा राखेर काम गरिने छ । मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा ¥याफटिङ, रारा यात्रा र माउण्टेन फलाइट गराउने तयारी भएको अध्यक्ष सिग्देलले बताउनुभयो । मार्टबाट बाँकेका दुई वटा ऐतिहासिक धार्मिकस्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । यसैगरी नेपालको मौलिक उत्पादनको रुपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामग्री र शालिग्रामको प्रचारका लागि आयोजक नाटाले काम गर्ने उहाँकोे भनाइ थियो । मार्टका बेला पश्चिम नेपालमा लगानीको वातावरण निर्माण र सम्भावनाको खोजीबारे छलफल गर्न नेपालका पर्यटन व्यवसायी र उद्योगपतिलाई निमन्त्रणा गर्ने तयारी गरिएकोे नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्ने भएकोले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउने लक्ष्यसहित आफूहरुले काम गरिरहेको जिकिर गर्नुभयो ।

दोस्रो पटक नेपालगञ्जमा हुन लागेको मार्टमा सहभागिता जनाउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीका लागि गर्वको कुरा भएको पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । ट्राभल मार्टमा भारतको दिल्ली, आगरा, गोण्डा, बनारस र लखनउबाट पर्यटन व्यवसायी तथा पर्यटकलाई ल्याउने तयारी गरिएको उहाँको भनाइ थियो ।


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?