Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

खेलकुदले मित्रता बढाउँछ– अध्यक्ष ओली


२३ चैत ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन्‌ । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।

विश्व खेलकुद दिवसका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको दोस्रो साधारणसभाको आज बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले खेलकुद जीवनका लागि अपरिहार्य भएको र खेलकुदले मित्रता र आत्मीयता अभिवृद्धिको काम गर्ने बताए । उनले भने, “विपक्षीसँग खेल्दा सम्बन्ध सुधार हुन्छ । बिग्रेको मित्रता सुध्रिने, नभएको मित्रता प्राप्त हुन्छ ।”

उनले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभएर असल राजनीतिक संस्कारसमेत सिकाउने बताए । अध्यक्ष ओलीले विपक्षीसँग कसरी मित्रवत् बन्ने र स्वस्थ प्रतिस्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने बताए । उनले आफूले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणलाई सधैँ प्राथमिकता दिएको भन्दै खेलसम्बद्ध संस्थाहरूले पनि राज्यलाई झकझकाउनुपर्ने बताए।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद मार्गनिर्देश गरेको विचारबाट एकेडेमीले आफ्ना कार्यक्रम अघि बढाउँदा नयाँ–नयाँ उपलब्धि र कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरे । उनले देशभरि नै खेलकुद पूर्वाधार निर्माणका लागि एमालेले नेतृत्व गरेको चर्चा गर्दै खेलकुदको विकास, खेलाडीको सम्मानका लागि एमालेले अगुवाइ गरेको बताए ।

उनले सुरु भएका खेलकुद पूर्वाधारहरू सकिँदा धेरै खेलाडीलाई खेल अभ्यास र प्रतिस्पर्धामा सहज हुँदै जाने बताv । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि राज्यले लगानी बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले एकेडेमीले सबै विधाका खेलकुदको विकासका लागि सङ्गठन माध्यमबाट कार्यक्रम सञ्चालन गरिँदै आएको बताए । उनले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिस्पर्धालाई अगाडि बढाएको बताए ।

त्यस अवसरमा एकेडेमीले आज बिहान आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताका विजयी प्रतियोगीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?