Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

बजेटले संविधानले भनेबमोजिम तीन खम्बे अर्थनीतिको बेवास्ता गर्‍योः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको बेवास्ता गरेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले संविधानले भनेको तीनखम्बे अर्थनीतिको विपरित नवउदारवादी मान्यतामा बजेट गएको आरोप लगाएका हुन् । उनले आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई बजेटले वोध नगरेको र पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला पारेको अवस्थामा संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थामा प्रश्तुत भएको दाबी गरे । चालु खर्चको कटौतीका कुरा उठेको थियो, साना योजना नराख्ने कुरा उठेको थियो भन्दै सांसद शर्माले अर्थमन्त्रीलाई सुन्ना घटाउने र बढाउनेको अर्थमा लिनुभएको टिप्पणी गरे । उनले संविधान कार्यान्वयनमा अवरुद्धता आइरहेको बताउँदै समितिबाट आएका विधेयकहरु संसदमै रोकिनु निर्माण भइसक्नुपर्ने कानून नबन्दा समस्या उत्पन्न भइरहेको दाबी गरे । सांसद शर्माले स्थानीय तहलाई जनताको घरघरमा गर्ने सेवाका लागि स्रोत साधन र संरचना दिनुपर्नेमा संघले त्यो पनि कटौती गरेको आरोप लगाए ।

उनले भने, ‘यो बजेटले संविधान बमोजिम, संविधानले भनेअनुसार तीन खम्बे अर्थनीतिको कुरा, समाजवाद उन्मुख अर्थतन्त्रको कुरा जो गरेको छ त्यसलाई पुरै वेवास्ता गरेर, त्यसलाई कुनै सरोकार नगरेर ठीक त्यसका विपरित नवउदारवादी मान्यतामा बजेट गएको छ । उत्पादनमुखी अर्थतन्त्रको निर्माण गर्ने दिशातिर यो छैन । किसानहरुलाई, मजदुरहरुलाई, श्रमिकहरुलाई प्राथमिकता दिने क्षेत्रमा छैन र यो असन्तुलित बजेट छ । नवउदारवाद र उदारवादका प्रणेता भनेको अमेरिका हो आज अमेरिका आफैं संरक्षणवादमा गैसक्यो । उसले आफ्नो सैद्धान्तिक धरातलसमेत छोडेर संरक्षणवादमा पुगिरहेको सन्दर्भमा आज हामी त्यही कुरालाई बढावा दिइरहेका छौं त हामी कसरी अगाडि बढ्न सक्छौं ? देशको अर्थतन्त्र कसरी सुधार हुनसक्छ ? कसरी हामी देशको रक्षा गर्न सक्छौं ? आज गम्भीर प्रश्न छ । त्योमात्र होइन राज्य नियन्त्रित हिजो भनेको समाजवाद पनि फेल भैसक्यो, नवउदारवाद पनि फेल भइसक्यो । यो सन्दर्भमा आज हामीले समाजवाद, सामाजिक न्यायलाई कसरी लागू गर्नसक्छौं ? आज आफ्नो नेपाली विशेषतामा खोजेर हाम्रो अर्थतन्त्रको निर्माण गर्नुपथ्र्यो, यो बजेटले त्यो दिशा अपनाउनुपथ्र्यो त्यतातिर यो बजेट गएको छैन । यसले केबल परम्पराको निरन्तरताको रुपमामात्र काम गरेको छ । आजको आवश्यकतामा पुँजी निर्माणको महत्वलाई यसले वोध गरेको छैन । यो पुजिएको अर्थतन्त्रको रुपमा सुशासनले थला परेको एउटा अवस्थामा, संघीयतालाई कार्यान्वयन नगर्ने अवस्थाको रुपमा यसले आपूmलाई प्रश्तुत गरेको छ । चालु खर्चको कटौतीको कुरा उठेको थियो, साना योजना नराख्ने योजना उठेको थियो । सायद अर्थमन्त्रीले सुन्नाको महत्व हुँदैन भन्ने बुझ्नुभयो होला । त्यसकारण उहाँले हजारलाई पनि करोडै छ भनिरहनुभएको थियो रोष्ट्रमबाट । हजारलाई पनि करोड भन्नुहुन्छ किनभने सुन्ना घटाउने र बढाउनेको अर्थ उहाँले बुझ्नु भएन कि जस्तो मलाई लाग्छ । त्यसअर्थबाट आज खर्च गर्ने क्षमतामा पनि कुनै विशेष परिस्थिति निर्माण हुन सकेको छैन । स्रोत व्यवस्थापनमा ठूलो संकट छ । विदेशी ऋण कहाँबाट ल्याउने, कसरी आउँछ हामीलाई ? आन्तरिक ऋण उठाउनसक्ने क्षमता पनि हामीसँग छैन । किनभने अहिलेको ऋण तिर्न सकिरहेका छैनौं । त्यसकारणले यहाँ संरचनागत दृष्टिकोणले भारी भर्कम संरचना कटौती गर्ने कुरा थियो त्यो कटौती पनि भएको छैन । यी तमाम अवस्थाको बीचमा यथास्थितिमा गएर देश अगाडि बढ्ने अवस्था छैन । यो विषयमा अलि गम्भीर बहस हुनुपथ्र्यो तर छलफल नै गर्न पाइँदैन । आजको समस्या भनेको संविधान कार्यान्वयनको अवरुद्धता, संविधान कार्यान्वयनमा अबरुद्धता आइरहेको छ । यहीपनि विधेयकहरु समितिबाट आउँछ आएपछि यही रोकिराखेको छ भने यतिबेलासम्म हामीले निर्माण गरिसक्नुपर्ने हाम्रा कानूनहरु निर्माण नगरिँदाको कारणले गर्दा समस्या भइरहेको छ । स्थानीय तहलाई जसरी जनताको घरघरमा गर्ने सेवाका लागि स्रोत साधन र संरचना दिनुपथ्र्यो संघले त्यो दिएको छैन त्यो कटौती गरिएको छ ।’

उनले नेपाली विशेषता खोजेर देशको अर्थतन्त्रको निर्माण गर्नुपर्ने भएपनि बजेट केबल परम्पराको निरन्तरताको रुपमा मात्र काम गरेको टिप्पणी गरे ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?