Trending
>>   वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम >>   मौसम : यी प्रदेशमा आज मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने >>   मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाउन सरकारलाई निर्देशन >>   ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा >>   दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनूस्


काठमाडौँ। महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरुले समस्या झेल्नुपरेको बताएका छन् ।

नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताएका हुन् । उनले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको स्पष्ट पारे । सडक दुर्घटना, सामान छुट्ने लगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झण्झट व्यहोर्नु परेको उनले दाबी गरे । अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘महानगर यातायातकै नाम, रङ्ग र डिजाइनसमेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि एकै रुटमा चलिरहँदा हामी सञ्चालकमात्र नभएर यात्रुहरुले समेत समस्या झेलिरहेका छन् । यसबारे पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही भएको छैन । नियमानुसार सम्बन्धित निकायमा दर्ता गराई आवश्यक प्रक्रिया पु¥याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी सञ्चालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन । तर, विद्यमान नियम कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनबाटै निर्वाध नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन भइरहेका छन् । महानगर यातायातप्रति यात्रुहरुको अपार माया र विश्वा छ, त्यसैले यात्रुहरु कुरेरै भएपनि राता बस चढ्ने गर्छन् तर उही रंग र नामका बसले उनीहरुलाई झुक्याउने गरेको र यात्रुहरुले बसमा छुटाएका महत्वपूर्ण कागजात, झोलालगायत सामान महानगर यातायातको सम्पर्कमा आउँदा यात्रुले यात्रा गरेको बस नक्कली महानगर भएको जानकारी हुने र सामानसमेत फेला नपर्ने अवस्था दिनदिनै बढ्दो छ । अर्को कुरा नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरु प्रहरी र यातायातको कार्यालयसम्म पनि आइपुग्छन् । कतिपय अवस्थामा अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने गरेपनि अधिकांश केसमा दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकिरहेको अवस्था छ भने महानगर यातायातले अनावश्यक झण्झट व्यहोर्नुपरिरहेको छ । यसो हुँदा कैयौं पटक केही बसहरुको नियमित सेवा समेत रोकिने र यात्रुले पाएको दुःखसँगै कम्पनीलाई हुने आर्थिक नोक्सानीको कुनै लेखाजोखा नै नहुने अवस्था छ । राजधानी काठमाडौैंमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको र निकट भविष्यमै पब्लिक लिमिटेड कम्पनीको रुपमा आम जनतामाझ आफ्नो आइपीओ जारी गर्ने तयारी गरिरहेको महानगर यातायातले झेल्नुपरिरहेको समस्या हामीहरुमात्रैको नभई लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय हो । हालसम्म त्यस्ता नक्कली महानगर यातायात तथा मिल्दोजुल्दो नाम हुबहु रंग र डिजाइन राखी सवारी साधन सञ्चालन गर्ने व्यवसायीहरुप्रति नरम रुपमा प्रश्तुत हुँदै आएको भएपनि अब उप्रान्त यस कम्पनीको नाम र रंगको डिजाइन आफ्ना सवारी साधनबाट नहटाइएमा क्षतिपूर्तिको मागसहित जस्तोसुकै कानुनी कारबाही गर्न पनि नपर्नेसमेत जानकारी गराउन चाहन्छु ।’

उनले राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको महानगर यातायातले निकट भविष्यमै आइपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिए ।


प्रकाशित मिति: ४ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?