
एजेन्सी। टर्की प्रहरीले विगत दुई हप्तामा देशभर इस्लामिक स्टेट (आईएस) सँग संलग्न भएको आरोपमा ३९ जना संदिग्धहरूलाई पक्राउ गरेको छ ।
टर्कीका गृहमन्त्री अली येर्लिकायाले अदाना, बुर्सा, हाताय, इस्तानबुल र सामसुन लगायत १८ प्रान्तहरूमा समन्वयित आतंकवाद विरोधी अभियानहरू सञ्चालन गरिएको बताए ।
संदिग्धहरूलाई आतंकवादी संगठनसँग संवद्ध तथाकथित सहायता संस्थाहरूलाई वित्त प्रदान गर्ने र सामाजिक सञ्जाल खाताहरूमार्फत आतंकवादी संगठनको प्रचार गर्ने आरोप लगाइएको थियो ।
अपरेशनको क्रममा ठूलो संख्यामा संगठनात्मक कागजातहरू र डिजिटल सामग्रीहरू जफत गरिएको छ । टर्किएले २०१३ मा आईएसलाई आतंकवादी संगठन घोषित गरेको थियो ।
प्रकाशित मिति: ३ असार २०८२, मंगलवार