Trending
>>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह >>   निजामती ऐनलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो >>   दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई


काठमाडौँ। नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरुले पनि सम्मान गरेको बताए । संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए । उनले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको बताए । रास्वपा बादलभित्र उडिरहेको कागको जस्तो उद्देश्य र गन्त्वयविहीन अवस्थामा रहेको बताए ।

उनले भने, ‘रास्वपा एउटा उदयमान पार्टीको रुपमा आएको छ । हामीले उहाँहरुलाई सम्मान गरेका छौँ । युवा साथीहरु हुनुहुन्छ । पढेलेखेको हुनुहुन्छ । अस्तिको घटना र आजको पनि घटनाले संसदभित्र रास्वपा नेतृत्व विहीन अवस्थामा छ । रास्वपा नेतृत्व विहीन छ । जब पार्टी नेतृत्व विहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ । उद्देश्य र गन्त्वयविहीन अवस्थामा उहाँहरु अवरोधमा सामेल हुनुहुन्छ ।’

सचिव भट्टराईले सांसद पद निलम्वपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रुपमा कुनैपनि कार्यक्रममा भाग लिन नपाउने भएपनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताए ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?