Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०७ गते बुधबार >>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

यो सभा चलाउने तरिका भएनः राजेन्द्र पाण्डे


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरुले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आईतावर बोल्दै उनले प्रतिपक्षी दलहरु विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका छन् । उनले अर्थमन्त्रीले बजेट प्रश्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरुमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरु नाराबाजी गर्दैगर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए । सहमति गरिसकेर मात्रै सभँ सञ्चलन गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘आज अर्थमन्त्रीज्यु बजेट प्रश्तुत भएपछि त्यो बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरु, हिजो छुट भएका, आज केही संशोधन गर्नुपर्ने विषय भएका महत्वपूर्ण कुरा सुनाइरहनुभएको छ । प्रतिपक्षमा रहेका दलहरुमध्ये एउटा ल अवरोधको अवस्थामा छ । अर्को दल वेल घेराउ गरेर नारबाजी गरिरहेको छ । मन्त्रीज्युले भनेका कुराहरु हामीले सुनिरहेका छैनौँ । कसरी सभा चलाउने हो ? यो सभा चलाउने तरिका भएन । यो स्थगित गरी सहमति गरेपछि एउटा टुंगो लगाएर मात्रै अघि बढाऔँ ।’

उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे ।


प्रकाशित मिति: १ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?