
एजेन्सी। जर्मन विदेशमन्त्री जोहान वाडेफुलले इजिप्टको भ्रमणका क्रममा इजरायली आक्रमणपछि यस क्षेत्रको अवस्था बिग्रँदै गएको बताएका छन् ।
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाडेफुलले इजरायली आक्रमणलाई चिन्ताजनक रहेको बताएका हुन् । थप अस्थिरताबाट बच्न सबै पक्षबाट संयम अपनाउन आग्रह गरे । अब्देलाट्टीले फ्रान्स, ग्रीस, साइप्रस, इराक र कतारका आफ्ना समकक्षीहरूसँग छुट्टाछुट्टै फोन वार्ता पनि गरे ।
कुटनीतिज्ञहरू तनाव कम गर्न र क्षेत्रलाई अराजकतामा फस्नबाट रोक्नको लागि निकट समन्वय कायम राख्न र संयुक्त प्रयासहरू बढाउन सहमत भएका छन् ।
प्रकाशित मिति: १ असार २०८२, आईतवार