
एजेन्सी। विद्रोही समूह, मार्च २३ आन्दोलनका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा जारी संकटलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आफ्नो इच्छा व्यक्त गरेको संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
जनवरीको अन्त्यदेखि विद्रोही शासनमा रहेको उत्तरी किभु प्रान्तको राजधानी गोमा शहरमा एम २३ र एम २३ सँग सम्बन्धित राजनीतिक सैन्य समूह कंगो नदी गठबन्धनको नेतृत्वसँगको बैठकपछि डिआरसीमा संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि बिन्टोउ केइटाले पत्रकार सम्मेलनमा यो बयान दिएका हुन् । एएफसी/एम २३ का नेताहरूले वार्तामा संलग्न हुन र शान्तिपूर्ण समाधान खोज्न आफ्नो तत्परता व्यक्त गरेका छन् । प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र स्थिरीकरण मिसनको पनि प्रमुख रहेका केइटाका अनुसार डिआरसी सेना र राष्ट्रिय प्रहरीका कुल १ हजार ३ सय ५९ कर्मचारीहरूलाई हालै गोमाबाट देशको राजधानी किन्शासामा स्थानान्तरण गरिएको छ । स्थानान्तरणलाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति, डिआरसी सरकार, एएफसी÷एम २३ र मोनुस्कोले सहजीकरण गरेको थियो ।
मोनुस्को तनाव कम गर्न मद्दत गर्ने सबै पहलहरूलाई समर्थन गर्न प्रतिवद्ध रहेको बताए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार