
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने जिम्मेवारी पूरा गरिसकेको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब त्यो भन्दा अगाडि उन्नत समाजवादतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो ज्ञान, विज्ञान र नेपालको ठोस सामाजिक आर्थिक अवस्थालाई आत्मसात् गर्दै नयाँ ढङ्गले समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले विगतको बलिदानपूर्ण इतिहासलाई नकार्ने वा अपमान गर्न नहुने बताउँदै विगतको जगमा उभिएर समय सुहाउँदो र नेपाल अनुकूल समाजवादी यात्राको नयाँ चरण शुरु गर्नुपर्ने जिकिर गरे ।
उनले भने , “माओवादीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पु¥याउने बेलासम्म आफ्नो भूमिका पूरा ग¥यो । अब हामी त्यो भन्दा अगाडी नयाँ ढङ्गले जानुपर्छ । त्यसको निम्ति पछिल्लो ज्ञान र विज्ञान र नेपालको ठोस धरातलमा आधारित भएर हामीले आफूलाई उन्नत प्रकारको समाजवाद भनेर जानु उपयुक्त हुन्छ भनेर यो अभियान सुरु गरिएको हो । यो विषयमा छलफल गरौँ । हामीले कुनै आग्रह÷पूर्वाग्रह राखेर, आवेगमा आएर हिजोको बलिदानपूर्ण इतिहासलाई नकारेर त्यसलाई अपमान गर्ने ढङ्गले होइन, त्यसको जगमा टेकेर त्यो भन्दा अगाडी नयाँ ढङ्गले युग सुहाउँदो नेपाल सङ्गत ढङ्गले हामी जान खोजेको हो । यो ढङ्गले बुझौँ, मेरो आग्रह छ ।”
उनले पूँजीवाद उत्पादक शक्तिको विकास नगरी आफूहरूले भने जस्तो समाजवाद आउन नसक्ने बताए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार