Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

घुस खाएको प्रमाणित गरेर देखाउन अध्यक्ष नेपालको चुनौति


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिए । उनले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

उनले भने , ‘नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । मान्छेको मनोबल गिराउने, मान्छेलाई तनावयुक्त बनाइदिने र मान्छेको व्यक्तित्वलाई सिध्याउने धेरै ठुलो अपराधी हुन्छ । तर अन्त्यमा फेरि सत्यको जित हुन्छ । असत्यको हार हुन्छ । न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ । अन्याय गर्नेहरुको पतन हुन्छ । त्यसकारण उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । उच्च मनोबलका साथ अगाडि बढ्न म तपाईहरुलाई पनि आग्रह गर्न चाहन्छु । खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन । मैले त चुनौती दिने गरेको छु । मेरो जीवनका कुनैपनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनु होस् । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको छ ? म चुनौतिका साथ भन्न चाहन्छु ।’

अध्यक्ष नेपालले सुदूरपश्चिाका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तिब्रता दिन तल्लो कमिटीलाई निर्देशन दिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?