Trending
>>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह >>   निजामती ऐनलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो >>   दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

नेपाल विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको उनले बताएका हुन् । शाक्यकाअनुसार अहिले प्रशारण र वितरण प्रणालीले धान्न सकिरहेको छैन । कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्याएको हो । शाक्यले विद्युत पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको बताए । उनका अनुसार विगतमा जति लगानी भयो त्यसले पुगेन । ३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला ? उनले प्रश्न गरे । शाक्यले आगामी दिनमा विद्युत पूर्वाधारमा लगानी नगरे उर्जा क्षेत्र नै समस्यामा फस्ने खतरा रहेको संकेत गरे । उर्जा क्षेत्रका लागि भएपनि विद्युत प्राधिकरणलाई बचाइराख्नुपर्ने बताउँदै उनले विद्युत प्राधिकरण खण्डिकरण हुने हो भने उर्जा क्षेत्रको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताए । शाक्यकाअनुसार विद्युत प्राधिकरण नीजि क्षेत्रको मेरुदण्ड हो । कम्तिमा १० हजार मेगावाट नभएसम्म विद्युत प्राधिकरणलाई सबलीकरण गर्नुपर्छ ।

कार्यकारी निर्देशक शाक्यले भने ,‘नेपाल विद्युत प्राधिकरण अहिले कठिन अवस्थामा छ । प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन । नेपाल विद्युत प्राधिकरण अघि बढ्नुपर्ने बाध्यात्मक स्थीतिमा उभिएको छ । सरकारले २८ हजार ५ सय उन्नती प्रगतिको लक्ष्य तोकेको छ । अहिले ३ हजा ५ सयलाई हाम्रो प्रशारण र वितरण प्राणालीले धान्न सकिरहेका छैनौं । हाम्रो प्रणाली त्यति कमजोर छ । अहिले ट्रिप भइरहेको छ । आज एउटा रुख ढ्ल्यो एउटा ट्रासमिसन लाइन ट्रिप भयो । सिस्टम ट्रिप भइरहेको छ । त्यो किन बलियो बनाउन सकेनौं ? हाम्रो आर्थिक अवस्था, हामीले गर्नुपर्ने लगानी पर्याप्त गर्न सकेनौं ।’

नेपाल अल्पविकासशिल मुलुकबाट विकशिल मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रशारण लाइनदेखि वितरण लाइन बनाउन चुनौति रहेको छ । वैदेशिक सहयोग नआउने हो भने विद्युत प्राधिकरण एक्लैले यो क्षेत्रलाई धान्न सक्दैन । यसमा निजी क्षेत्रले समेत विद्युत प्राधिकरणलाई सघाउनुपर्ने शाक्यले बताए । शाक्यले व्यक्तिगत स्वार्थ छाडेर प्राधिकरणलाई अघि बढाउन चाहेको समेत जिकिर गरेका छन् । उनले सबैलाई साथ दिन समेत आग्रह गरे ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?