Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

अहिले पत्रकारितामा साँचो र झुटो छुट्याउन गाह्रो भइरहेको छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसदमा कानून निर्माण भइरहेको बताएका छन् ।

ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानूनहरु संसदमा छलफलका क्रममा रहेको जिकिर गरे । उनले कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पुर्याउने र कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । अहिले पत्रकारितामा के साँचो र के झ्टो भन्नेकुरा छुट्याउन कठिन भइरहेको जिकिर गरे । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा चुनौति आइरहेका पनि बताएका छन् ।

सभामुख घिमिरेले भने , ‘सूचनाको हक, वाक स्वतन्त्रताको हक, हाम्रो प्रेसलाई व्यवहारिक बनाउने अहिले नै पनि विभिन्न कानूनहरु हाम्रो संसदमा नेपालको सन्दर्भमा आइरहेका छन् । ति कानूनलाई छिटै व्यवहारिक रुपबाट निर्णयमा पुर्या उने र निर्णय कार्यान्वयन गर्नको लागि पनि, सरकारको नियन्त्रणमा नरहोस् भन्नका लागि आवश्यक हुन्छ । अहिले पत्रकारितामा के साँचो हो र के झुटो हो ? भन्नेकुरा छुट्याउन गाह्रो भइरहेको छ । सच्चाईलाई बोकेर अघि बढ्ने कुराहरुमा आइरहेका चुनौतिमा आर्थिक समस्याको समाधान गर्नको लागि पुरानो प्रणालीमा रहेको पत्रकारिता रेडियो नेपाल वा अखबारी प्रेसमा छापिने कुराहरुसँग अहिले एआई जस्ता अहिलेको प्रविधिले गर्दा यसले सच्चाई के हो भन्ने बुझ्न सच्चाई कुराहरु लैजान गाह्रो परिरहेको बेलामा राज्यले यस्ता कुराहरुको संरक्षण गर्न आवश्यक नीति बनाउनु पर्छ ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमले आफ्नो मातृभाषाको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?