Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवद्र्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताएका छन् ।

फ्रेण्ड अफ सिल्क रोड क्लब नेपालले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताए । उनले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले आफ्नो भू राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताए । उनले नेपालले आफ्नो अनुकूलतामा छिमेकी मुलुकहरूको विश्वास कमाउनुपर्ने समेत जिकिर गरे ।

उनले भने , “अब हामी मुलतः आन्तरिक लगानी प्रवद्र्धन गर्नेकुरा पहिलो प्राथमिकता, त्यसपछि छिमेकीहरूसँग त्यहाँको पुँजी, प्रविधिलाई प्रयोग गर्ने कुरामा हामी दुई वटै छिमेकीसँग समान रूपमा, हाम्रा सम्बन्धहरूलाई विस्तार गर्ने, त्यसको लाभ लिने कुरा । छिमेकी मुलुक भारतसँग, चीनसँग दुवैका अनुभवहरू हाम्रो अनुकूलतामा मुलुकको हितमा कसरी अनुकूल बनाउन सकिन्छ ? कसरी लाभ लिन सक्छौँ ? कसरी छिमेकीपनसँगको सम्बन्धलाई विस्तार गर्न सक्छौँ ? नेपालको भूराजनीतिकलाई हामीले हाम्रो अनुकुलतामा छिमेकी मुलुकको विश्वासलाई कसरी आर्जन गर्न सक्छौँ त्यसमा हाम्रा छलफलहरू सार्थक हुनेछन्, सरकार त्यो कुरा सुन्न तयार छ ।”

उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानूनहरू परिवर्तन गरेको बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?