Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले आन्तरिक लगानी प्रवद्र्धनलाई प्राथमिकता दिँदै छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सहयोगलाई विस्तार गर्ने योजना बनाएको बताएका छन् ।

फ्रेण्ड अफ सिल्क रोड क्लब नेपालले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘साझा भविष्यसहितको समुदायको निर्माण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू भारत र चीनसँगको सम्बन्धलाई विस्तार गर्दै उनीहरूको पुँजी, प्रविधि र अनुभवबाट लाभ लिने योजना रहेको बताए । उनले दुवै छिमेकीसँग समान रूपमा सहकार्य गर्ने बताए । मन्त्री भण्डारीले आफ्नो भू राजनीतिक अवस्थालाई उपयोग गर्दै भारत र चीनबाट आर्थिक रूपमा कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको समेत बताए । उनले नेपालले आफ्नो अनुकूलतामा छिमेकी मुलुकहरूको विश्वास कमाउनुपर्ने समेत जिकिर गरे ।

उनले भने , “अब हामी मुलतः आन्तरिक लगानी प्रवद्र्धन गर्नेकुरा पहिलो प्राथमिकता, त्यसपछि छिमेकीहरूसँग त्यहाँको पुँजी, प्रविधिलाई प्रयोग गर्ने कुरामा हामी दुई वटै छिमेकीसँग समान रूपमा, हाम्रा सम्बन्धहरूलाई विस्तार गर्ने, त्यसको लाभ लिने कुरा । छिमेकी मुलुक भारतसँग, चीनसँग दुवैका अनुभवहरू हाम्रो अनुकूलतामा मुलुकको हितमा कसरी अनुकूल बनाउन सकिन्छ ? कसरी लाभ लिन सक्छौँ ? कसरी छिमेकीपनसँगको सम्बन्धलाई विस्तार गर्न सक्छौँ ? नेपालको भूराजनीतिकलाई हामीले हाम्रो अनुकुलतामा छिमेकी मुलुकको विश्वासलाई कसरी आर्जन गर्न सक्छौँ त्यसमा हाम्रा छलफलहरू सार्थक हुनेछन्, सरकार त्यो कुरा सुन्न तयार छ ।”

उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबाट पनि लगानीमैत्री वातावरण बनाउने कुरालाई विशेष प्राथमिकतामा राखेर संरचनात्मक रूपमा जटिलताहरूलाई पन्छाएर थुप्रै कानूनहरू परिवर्तन गरेको बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?