Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरुले अझै अस्थिरता सिर्जना गराइरहेका छन्ः सांसद भट्टराई


काठमाडौँ। नेकपा एमालेका सांसद गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताएका हुन् । उनले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर भएसँगै असफल हुँदै गएको दाबी गरे । जसरी गिरिबन्धु, यति, ओम्नी लगायतमा भ्रष्टाचारका कुराहरु आएको धेरै वर्ष भइसकेको भन्दै सांसद भट्टराईले त्यस अवधिमा सबैको सरकार बनेपनि त्यसको छिनोफानो गर्ने निकायहरुलाई जिम्मा दिने भन्दै प्रश्न गरे । उनले जनतालाई भ्रममा पार्ने र लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए । सांसद भट्टराईले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह गर्नेतर्फ भन्दा पनि प्राप्त उपलब्धीहरु जनतासम्म पुर्याउने गरी काम गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘अहिले देशमा प्रतिगामीहरुको सलबलाहट कायमै छ । अर्कोतर्फ प्रतिनिधिसभा अबरुद्ध छ । प्रतिगामीहरु पूर्वराजाको आडमा राजसंस्था पुर्नस्थापनाको कुरा गरिरहेका छन् । सुरुमै हिंसात्मक गतिविधि शुरु गरे । तोडफोड गरे, हत्यासमेतमा उत्रिए । जनस्तरबाट व्यापक विरोध भएपछि शान्तिपूर्ण प्रदर्शन शुरु गरे । र त्यो पनि जनसहभागिता कमजोर भइरहेको अवस्थामा र असफल भइरहेको छ । तरपनि नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा छन् । त्यसैको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा छन् । यसै अवधिमा संसदको बजेट अधिवेशन शुरु भएको छ । हामी अधिवेशनमा छौं । प्रतिपक्षका माननीयज्युहरुले प्रतिनिधि सभा अवरुद्ध गर्नुभएको छ । गृह मन्त्रालय अन्तर्गतको कर्मचारीले भ्रष्टाचार गर्यो त्यसैले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग छ । गृहमन्त्रीलाई कुनै आरोप लागेको छैन उजुरी पनि छैन भने राजीनामा माग्नु जायज हो र ? यदि छानविन गर्दैजाँदा गृहमन्त्रीसम्म पुग्यो भने उहाँ बच्नुहुन्न । बरु दोषीमाथिको छानविन प्रभावकारी होस् भन्ने कुरामा सरकार र सम्बन्धित पक्षलाई सचेत गराउनुपर्दछ । उता शिक्षा विधेयक असार १५ गतेसम्म पारित गर्नुपर्नेछ । शिक्षकहरुसँग सम्झौता भएको छ । अरु विधेयकहरु अगाडि बढाउनुपर्नेछ । मूल कुरा १५ गते प्रस्तुत भएको बजेट प्रतिनिधिसभामा छलफल अगाडि बढ्न सकेको छैन । बजेट र आर्थिक विधेयकहरु समयमा पारित भएनन् भने देश ठप्प हुन्छ । अझ अचम्म लाग्दो कुरा के छ भने अदालतले एउटा कसैलाई सजायँ तोक्छ केपी ओलीले ग¥यो । अदालतले सजायँ माफी गर्छ केपी ओलीले ग¥यो । अख्तियारले कुनै कारबाही अगाडि बढायो केपी ओलीले गर्यो । यस्तो सुन्दा अदालत, संवैधानिक निकायहरु सबै केपी ओलीकै कब्जामा छन् कि जसरी अभिव्यक्तिहरु आउने गरेका छन् । अहिले संसारका निर्वाचित सरकार प्रमुखहरुमा अमेरिकी राष्ट्रपति बढी पावरफुल देखिन्छन् उनलाई पनि बेला बेलामा अदालतले नियन्त्रण गर्दछ भने नेपालमा त्यस्तो सम्भव छ र ? अर्का विषयहरु गिरिबन्धु, यति, ओम्नी आदि यिनी कुराहरु आएका त धेरै वर्ष भइसके । भ्रष्टाचार हुन् भने सरकारहरु त सबैका बने त्यो छिनोफानो गर्ने निकायहरु छन् त्यतातिर लाग्ने कि सार्वजनिक खपतका लागि मात्र कुरा उठाउने ? यस्ता कुराले कहिँ पुगिँदैन । अहिले नेपाली जनताले के कुरा ठीक हो र के कुरा बेठीक हो भनेर छुट्याउनसक्ने अवस्था छैन । त्यसैकारण जनतालाई भ्रमित गर्ने र आन्दोलनकारी शक्तिहरु, लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गरेर भ्रममा पार्ने जुन कामहरु भैरहेको छ त्यसबाट हामी पछि हटौं । अब अगाडिका कामहरु प्रतिगमनलाई निस्तेज पार्ने र लोकतन्त्रलाई स्थापित गरिराख्नेतर्फ छलफल गर्नु अहिलेको आवश्यकता हो । यस्तो हिलो छ्यापाछ्याले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह नगरौं, उपलब्धिहरु जनतासम्म लैजाउँ भन्ने आग्रह गर्दछु ।’

उनले गृह मन्त्रालयअन्तर्गतको एउटा कर्मचारीले भ्रष्टाचार गर्यो भन्दैमा कुनै आरोपबिना गृहमन्त्रीको राजीनामा माग्नु जायज नभएको टिप्पणी गरे ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?