Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरुले अझै अस्थिरता सिर्जना गराइरहेका छन्ः सांसद भट्टराई


काठमाडौँ। नेकपा एमालेका सांसद गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताएका हुन् । उनले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर भएसँगै असफल हुँदै गएको दाबी गरे । जसरी गिरिबन्धु, यति, ओम्नी लगायतमा भ्रष्टाचारका कुराहरु आएको धेरै वर्ष भइसकेको भन्दै सांसद भट्टराईले त्यस अवधिमा सबैको सरकार बनेपनि त्यसको छिनोफानो गर्ने निकायहरुलाई जिम्मा दिने भन्दै प्रश्न गरे । उनले जनतालाई भ्रममा पार्ने र लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए । सांसद भट्टराईले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह गर्नेतर्फ भन्दा पनि प्राप्त उपलब्धीहरु जनतासम्म पुर्याउने गरी काम गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘अहिले देशमा प्रतिगामीहरुको सलबलाहट कायमै छ । अर्कोतर्फ प्रतिनिधिसभा अबरुद्ध छ । प्रतिगामीहरु पूर्वराजाको आडमा राजसंस्था पुर्नस्थापनाको कुरा गरिरहेका छन् । सुरुमै हिंसात्मक गतिविधि शुरु गरे । तोडफोड गरे, हत्यासमेतमा उत्रिए । जनस्तरबाट व्यापक विरोध भएपछि शान्तिपूर्ण प्रदर्शन शुरु गरे । र त्यो पनि जनसहभागिता कमजोर भइरहेको अवस्थामा र असफल भइरहेको छ । तरपनि नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा छन् । त्यसैको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा छन् । यसै अवधिमा संसदको बजेट अधिवेशन शुरु भएको छ । हामी अधिवेशनमा छौं । प्रतिपक्षका माननीयज्युहरुले प्रतिनिधि सभा अवरुद्ध गर्नुभएको छ । गृह मन्त्रालय अन्तर्गतको कर्मचारीले भ्रष्टाचार गर्यो त्यसैले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग छ । गृहमन्त्रीलाई कुनै आरोप लागेको छैन उजुरी पनि छैन भने राजीनामा माग्नु जायज हो र ? यदि छानविन गर्दैजाँदा गृहमन्त्रीसम्म पुग्यो भने उहाँ बच्नुहुन्न । बरु दोषीमाथिको छानविन प्रभावकारी होस् भन्ने कुरामा सरकार र सम्बन्धित पक्षलाई सचेत गराउनुपर्दछ । उता शिक्षा विधेयक असार १५ गतेसम्म पारित गर्नुपर्नेछ । शिक्षकहरुसँग सम्झौता भएको छ । अरु विधेयकहरु अगाडि बढाउनुपर्नेछ । मूल कुरा १५ गते प्रस्तुत भएको बजेट प्रतिनिधिसभामा छलफल अगाडि बढ्न सकेको छैन । बजेट र आर्थिक विधेयकहरु समयमा पारित भएनन् भने देश ठप्प हुन्छ । अझ अचम्म लाग्दो कुरा के छ भने अदालतले एउटा कसैलाई सजायँ तोक्छ केपी ओलीले ग¥यो । अदालतले सजायँ माफी गर्छ केपी ओलीले ग¥यो । अख्तियारले कुनै कारबाही अगाडि बढायो केपी ओलीले गर्यो । यस्तो सुन्दा अदालत, संवैधानिक निकायहरु सबै केपी ओलीकै कब्जामा छन् कि जसरी अभिव्यक्तिहरु आउने गरेका छन् । अहिले संसारका निर्वाचित सरकार प्रमुखहरुमा अमेरिकी राष्ट्रपति बढी पावरफुल देखिन्छन् उनलाई पनि बेला बेलामा अदालतले नियन्त्रण गर्दछ भने नेपालमा त्यस्तो सम्भव छ र ? अर्का विषयहरु गिरिबन्धु, यति, ओम्नी आदि यिनी कुराहरु आएका त धेरै वर्ष भइसके । भ्रष्टाचार हुन् भने सरकारहरु त सबैका बने त्यो छिनोफानो गर्ने निकायहरु छन् त्यतातिर लाग्ने कि सार्वजनिक खपतका लागि मात्र कुरा उठाउने ? यस्ता कुराले कहिँ पुगिँदैन । अहिले नेपाली जनताले के कुरा ठीक हो र के कुरा बेठीक हो भनेर छुट्याउनसक्ने अवस्था छैन । त्यसैकारण जनतालाई भ्रमित गर्ने र आन्दोलनकारी शक्तिहरु, लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गरेर भ्रममा पार्ने जुन कामहरु भैरहेको छ त्यसबाट हामी पछि हटौं । अब अगाडिका कामहरु प्रतिगमनलाई निस्तेज पार्ने र लोकतन्त्रलाई स्थापित गरिराख्नेतर्फ छलफल गर्नु अहिलेको आवश्यकता हो । यस्तो हिलो छ्यापाछ्याले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह नगरौं, उपलब्धिहरु जनतासम्म लैजाउँ भन्ने आग्रह गर्दछु ।’

उनले गृह मन्त्रालयअन्तर्गतको एउटा कर्मचारीले भ्रष्टाचार गर्यो भन्दैमा कुनै आरोपबिना गृहमन्त्रीको राजीनामा माग्नु जायज नभएको टिप्पणी गरे ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?