Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

१६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान


काठमाडौँ। १६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित नेपाल लगानी बोर्डका सदस्यहरु, कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकाल लगायतको टोली मकाओ प्रस्थान गरेको हो । सम्मेलन जेठ २६ गतेदेखि ३० गतेसम्म मकाओमा हुँदैछ । प्रस्थान गर्नुपूर्व विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष सिंहले चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेको बताए । उनले मकाओ सरकारको आयोजनामा हुन लागेको पूर्वाधार लगानी सम्मेलनमा नेपालले हरेक वर्ष भाग लिँदै आएको जानकारी दिए । नेपालमा लगानीका धेरै सम्भावना रहेको र लगानीको बारेमा आफूहरुले पैरवी गर्दै आएको बताए । नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र आयोजना गरिएको र त्यसमा नेपालको तर्फबाट लगानीकको बारेमा जानकारी गराइने बताए । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले प्रत्येक वर्ष चीन सरकारको निमन्त्रणामा चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा यो सम्मेलन मकाओमा भइरहेको छ । मकाओ सरकारको आयोजनामा लगानी सम्मेलन हुन्छ । हरेक वर्ष हामीले भाग लिँदै गर्दा नेपालमा लगानीको उपयुक्त वातावरण छ । यहाँ लगानीको सम्भावना धेरै छन् । लगानीको बारेमा पैरवी गर्दै आएका छौँ । यस वर्ष विशेष गरी कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकालज्यु र नेपाल लगानी बोर्डबाट पनि केही सदस्य साथीहरु जाँदै हुनुहुन्छ । उहाँहरुले नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र छ । निर्माण व्यवसायी महासंघको नेतृत्व गर्दै मैले पनि सहभागिता जनाएको छु । लगानीमा सबैको शेयर भन्ने नारा छ । सबैलाई फाइदा हुनेगरी लगानी गर्न आवश्यक छ । त्यो लगानीमा सबै लगानीकर्ता, लगानी गर्ने मुलुक र त्यहाँका जनतालाई लाभ हुनेबारेमा छलफल गर्नेछौँ । ९ तारिकदेखि १३ सम्म मकाओमा यो समिट हुँदैछ, यो १६ औं सम्मेलन हो ।’

अध्यक्ष सिंहले हरेक वर्ष नेपालमा लागनीको सम्भावनाबारे पैरवी गर्दै आएको र अहिले कानूनको हिसावले पनि नेपालमा लगानी गर्न सहज बनेको भन्दै लगानी बढी भित्रनेमा आशावादी रहेको बताए ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?