Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानको प्यारापिट निर्माणको काम असारभित्रै सक्नेगरी काम भइरहेको बताएका छन् ।

आईतवार त्रिवी क्रिकेट मैदानको निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिध्याउने गरी काम भइरहेको बताएका हुन् । उनले अहिले मैदानमा करिव डेढ सय जनशक्तिले काम गरिहरेको बताए । फ्लड लाइटको काम पनि जारी रहेको बताए । केही ढिला भएपनि नयाँ, ठूलो भव्य काम भइरहेको बताए । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरुको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउने बताए । एउटै राम्रो क्रिकेट स्टेडियम छैन देशमा भन्ने ठाउँमा अब मैदान मात्रै नभइ स्टेडियमसहितको छ भन्ने ठाउँमा पुगेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने , ‘डेढ सय जति कामदारहरुले काम गरिरहनुभएको छ । फ्लड लाइटको लागि पनि उहाँहरुले काम गरिरहनुभएको छ । प्यारापिट निर्माण गर्ने पहिलो चरणको कामलाई भरसक असारभित्रै सिध्याउने गरी उहाँहरु लागिरहनुभएको छ । अलिकति ढिलो त भएको छ । तर खुशीको कुरा के हो भने नयाँ, ठूलो भव्य काम भइरहेको छ । यसले नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउन, खेलाडीहरुको मनोबल बढाउन र देशको पनि इज्जत, प्रतिष्ठा बढाउँछ । एउटै राम्रो क्रिकेट स्टेडियम छैन देशमा भन्ने ठाउँमा अब मैदान मात्रै होइन, स्टेडियमसहितको छ भन्ने ठाउँमा एउटा गौरव राख्न पाउने अवस्था बनेको छ ।’

प्रधानमन्त्री ओलीले नयाँ रंगशालाहरु पनि बनिरहेको बताए । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत वर्षको असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठससिहत संलग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाएर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?