Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु होः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ भनेको नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु रहेको बताएका छन् ।

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । विगतमा दुनियाँमै कम्युनिष्ट र समाजवादी आन्दोलन धरापमा परेको समयमा पनि जनताको बहुदलीय जनवादले नै आन्दोलनको रक्षा गरेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले अबको १३ महिनापछि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिएर सरकारमा सामेल हुने र नेतृत्व सुम्पिएपछि आफुहरु मिसन ८४ मा लाग्ने स्पष्ट पारे । अहिले पनि विपक्षी दलले अनेक जालझेल गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले एकता, फेरि एकता र सुदृढ एकता आफुहरुको आवश्यकता रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा गर्ने, सदृढ गर्ने र यसलाई गतिशील ढंगले सही बाटोमा अघि बढाउने जिम्मेवारी एमालेको काँधमा रहेको दावी गरे ।

उनले भने , ‘हिजो दुनियाँमा कम्युनिष्ट र समाजवादी आन्दोलन नै धरापमा परेको समयमा जनताको बहुदलीय जनवादले आन्दोलनको रक्षा गरेको हो । त्यतिबेला हामी सरकारमा हुने, सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने, समग्र सामाजिक आन्दोलनको नेतृत्व गर्ने अभिभाष हामीसँग आएको थियो । एकता, फेरि पनि एकता र अझै सुदृढ एकता । आज हामीलाई त्यही आवश्यकता छ । एकता बिनाको संगठनले केही पनि गर्नसक्दैन । तपाईको संगठनमा १० लाख मान्छे भएपनि त्यहाँभित्र अनेक विविधता छ भने पनि आधाले एकातिर र आधाले अर्कोतिर तान्यो भनेपनि केही काम गर्दैन । हाम्रो पार्टीले सही नीति लिएको छ । हामीले सही नीतिहरु लिएका छौं । विल्कुलै सही नीति लिएका छौं । सही सिद्धान्तद्वारा निर्देशित छौं । हामी सही रणनीति र कार्यनीतिबाट निर्देशित छौं । हामीले सही गन्तव्य तोकेका छौं, त्यसमा कस्ता कस्ता प्रभाव आउन सक्छन् भन्ने घुम्ति पनि देखेका छौं । हाम्रा सामु कस्ता चुनौति छन् भन्ने पनि हामीलाई थाहा छ । त्यसकारण सही नीति छँदैछन्, आवश्यकता छ नै, नीतिको समस्या हामीसँग छैन । सही र सफल कार्यान्वयनको छ किनकी यो देशमा लोकतन्त्र साँच्चैको लोकतन्त्र हामीले ल्याएका हौं ।’

उनले पार्टीप्रतिको निष्ठा जस्तोसुकै कालखण्डमा पनि नछोड्न र सही विचार अंगालेर अगाडि बढ्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरे ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?