Trending
>>   मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०८ गते बिहिबार >>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

लस एन्जलसमा आप्रवासन छापा मारेपछि विरोध प्रदर्शन


एजेन्सी। संयुक्त राज्य आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले लस एन्जलसमा विभिन्न स्थानमा छापा मारेका छन् । जसले डाउनटाउनमा व्यापक विरोध प्रदर्शन निम्त्याएको छ ।

दक्षिणी क्यालिफोर्निया र राष्ट्रभर आप्रवासन कारबाही जारी रहँदा कम्तीमा ४४ व्यक्तिलाई हिरासतमा लिएको छ । जसले दोस्रो ठूलो अमेरिकी शहरमा व्यापक विरोध, झडप र अराजकता उत्पन्न गरेको छ । शुक्रवार मध्यान्हमा फ्याशन डिस्ट्रिक्टको एक कपडा पसलमा धेरै कामदारहरूलाई हतकडी लगाएर हिरासतमा लिइएको बेला करिव एक सय प्रदर्शनकारीहरू आप्रवासन एजेन्टहरूसँग आमनेसामने भएका थिए । सर्भिस इम्प्लोइज इन्टरनेशनल युनियन क्यालिफोर्नियाले एक वक्तव्य जारी गर्दै युनियनका अध्यक्ष डेभिड ह्वेर्टा छापाको क्रममा घाइते र हिरासतमा लिइएको बताएको छ ।

एस्सायलीले फ्याशन डिस्ट्रिक्टमा नक्कली कर्मचारी कागजातको आरोपमा खानतलासी वारेन्ट कार्यान्वयन गरिएको र एक रोजगारदाताले आफ्ना केही कामदारहरूका लागि नक्कली कागजात प्रयोग गरेको विश्वास गर्नुको कारण रहेको पनि बताए । करिव ५ सय मानिसहरू लस एन्जलसको डाउनटाउनमा छापाको विरोध गर्न भेला भए ।

ठूलो भीडले आईसीई लस एन्जलसबाट बाहिर भन्दै नारा लगाउँदै र प्लेकार्ड बोकेर क्षेत्रमा हिँडेका थिए । घटनास्थलका भिडियोहरूले प्रदर्शनकारीहरू प्रहरीसँग झडप भएको देखाएको छ । जहाँ अश्रु ग्यास प्रयोग गरिएको थियो । लस एन्जलस प्रहरी विभाग (एलएपीडी) का प्रमुख जिम म्याकडोनेलले शुक्रवार एक वक्तव्य जारी गर्दै एलएपीडी दिनको समयमा नागरिक आप्रवासन प्रवर्तनमा संलग्न नभएको बताएका छन् । स्थानीय समुदाय संगठनहरूले पत्रकार सम्मेलन आयोजना गरी छापाको निन्दा गरेका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?