Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

रातो सुनको खेतीमा रमाउँदै रवाण्डाका किसान


एजेन्सी। रवाण्डाको पूर्वी प्रान्तको न्यागातारे जिल्लामा गाशोरा फार्म पीएलसीले खुसार्नी मात्रै उब्जाउँदैन । यसले कृषि परिवर्तन र अन्तरमहाद्वीपीय सहकार्यको कथा पनि खेती गरिरहेको छ । फार्मको चीनको बजारसँगको सम्बन्ध सन् २०१८ मा शुरु भयो । जब प्रवन्ध निर्देशक डियुडोने ट्वाहिरवाले शाङ्घाईमा आयोजित चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिनुभयो । अर्को वर्ष, चीनअफ्रिका आर्थिक र व्यापार एक्स्पोमा उनको सहभागिताले चिनियाँ बजार अन्वेषण गर्न उहाँको आत्मविश्वासलाई थप बलियो बनायो ।

सन् २०२४ मा किगालीमा मुख्यालय रहेको गाशोरा फार्मले हगलबलको सहायक कम्पनीसँग साझेदारी गरी रवाण्डा–हुनान मरिच उद्योग प्रदर्शन परियोजना शुरु गरेको थियो । ठेक्का खेती मोडलअन्तर्गत यो परियोजनाले १०० हेक्टर क्षेत्र समेट्छ र बिरुवा खेतीदेखि निर्यातसम्मको सम्पूर्ण मूल्य श्रृंखला समावेश गर्छ । सम्झौता भएपछिको पहिलो सिजनमा २०० टन सुकेको खुसार्नी चीन पठाइएको छ । रवाण्डाको मरिच थोक बजारमार्फत चिनियाँ शहरहरूमा प्रवेश गरेको छ । जसले उपभोक्ताहरूको मान्यता प्राप्त गरेको छ ।

आगामी चौथो चीन–अफ्रिका आर्थिक र व्यापार एक्स्पो जुन जुन १२–१५ मा हुनान प्रान्तको राजधानी चाङ्सामा आयोजना हुने तालिका छ । यस्ता सफलताका कथाहरू प्रदर्शन गर्नेछ र अफ्रिकी र चिनियाँ सरोकारवालाहरूबीच नयाँ साझेदारीलाई सहज बनाउनेछ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?