Trending
>>   थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु >>   यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल >>   सरकारले भुक्तानी नदिँदा रोकियो १५ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटुरोग उपचार, राप्रपाले गरायो ध्यानाकर्षण >>   भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग >>   महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु) >>   महिलामन्त्री सुडीको वर्ष दिनः १३२ गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार, ६१ अर्ब ९७ करोडको… >>   पाँच दशक पुरानो सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुने, डिपिआर तयार >>   सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौँः मन्त्री सुडी >>   गीत, संगीतले समाजलाई उन्नत बनाउँछः उपप्रधानमन्त्री सिंह >>   कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैनः सांसद राई


काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण नहुने बताएकी हुन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् । उनले निजी क्षेत्रलाई बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने बताईन । उनले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी मात्रामा व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिँदै तब मात्र जनताहरूको हरेक कुरामा सुलभ ल्याउन सकिने विश्वास व्यक्त गरीन । सांसद राईले सरकारले ल्याएको बजेट व्यापारमुखी बनेको बताईन । उनले दुई तिहाइको बलियो सरकारले आशा बाँड्ने नभएर विश्वास पैदा गर्ने बजेट ल्याउनुपर्नेमा त्यसो नभएको बताएकी हुन् । उनले बजेटले नागरिकका एजेण्डाहरूलाई समाधान तथा सम्बोधन नगरेको दाबी गरीन ।

उनले भनीन, “दुई तिहाइको बलियो सरकारलाई हामी आग्रह गर्न चाहन्छौँ, आशा बाँड्ने होइन, विश्वास पैदा गर्ने खालको बजेट आउनुप¥यो । कसैले रोक्न सक्ने खालको छैन, यहाँ । तर, आज यो बजेटले हामीले चाहेको जस्तो, एजेन्डाको समाधान, सम्बोधन गरेको छ जस्ता मलाई लाग्दैन । आज यो बजेट व्यापारमुखी बनेको छ । समाजवाद निर्माणका स्तम्भहरू जुन छन् । आज सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले आज समाजवाद निर्माण हुँदैन । निजी क्षेत्रलाई पनि बेवास्ता होइन व्यवस्थित गर्नुपर्छ । तर आज हामीले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी मात्रामा व्यवस्थित बनाएर लैजानुपर्छ र जनताहरूको हरेक कुरामा सुलभ ल्याउन सकिन्छ ।”

उनले कृषि उत्पादनलाई औद्योगिकीकरण नगरेसम्म आत्मनिर्भर बन्न नसकिने बताईन ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?