Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग


काठमाडौं। नेकपा (एमाले) निकट नेपाल कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरुलाई निजामति सेवामा समावेश गर्न माग गरेको छ ।

शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरुको जानकारी दिन बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले उक्त माग गरेको हो । कार्यालय सहयोगीबाहेक अन्य पदहरुमो युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने संगठनको माग छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामति सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायीत्व लगायतका मागहरु सम्बोधन गरिनुपर्ने बताए । उनले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।

उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरुलाई निजामतिको परिषामा समावेश गर्नुपर्ने, कार्यालय प्रमुख हुनेबाहेक आठौँ तहमुनिका कर्मचारीहरुको हकहितका लागि आधिकारिक टे«ड युनियन गठन हुनुपर्ने, कुनैपनि पदमा पाँच वर्ष सेवा गरेको कर्मचारीको एक तह वृद्धि र दश वर्ष काम गरेको कर्मचारीको तोकिएको शैक्षिक योग्यता रहेको छ भने त्यस्ता कर्मचारीहरुलाई एक श्रेणी वृद्धि गरि तह मिलान गर्नुपर्ने संगठनको माग छ ।’

साथै संगठनले शहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । २०४८ सालको ५६ दिने आन्दोलनका क्रममा शहीद भएकाहरुको स्मरणमा ‘शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस’ मनाइने प्रवक्ता अधिकारीले बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?