Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग


काठमाडौं। नेकपा (एमाले) निकट नेपाल कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीहरुलाई निजामति सेवामा समावेश गर्न माग गरेको छ ।

शहीद स्मृति दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरुको जानकारी दिन बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले उक्त माग गरेको हो । कार्यालय सहयोगीबाहेक अन्य पदहरुमो युनियन गठनको अधिकार सुनिश्चित गरिनुपर्ने संगठनको माग छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनका प्रवक्ता रामचन्द्र अधिकारीले संघीय निजामति सेवा विधेयकमार्फत कर्मचारीको तह र श्रेणी समायोजन, निवृत्तिभरण, करार सेवामा कार्यरत कर्मचारीहरुको स्थायीत्व लगायतका मागहरु सम्बोधन गरिनुपर्ने बताए । उनले विधेयकमार्फत कर्मचारीको हक र अधिकार सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।

उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै कर्मचारीहरुलाई निजामतिको परिषामा समावेश गर्नुपर्ने, कार्यालय प्रमुख हुनेबाहेक आठौँ तहमुनिका कर्मचारीहरुको हकहितका लागि आधिकारिक टे«ड युनियन गठन हुनुपर्ने, कुनैपनि पदमा पाँच वर्ष सेवा गरेको कर्मचारीको एक तह वृद्धि र दश वर्ष काम गरेको कर्मचारीको तोकिएको शैक्षिक योग्यता रहेको छ भने त्यस्ता कर्मचारीहरुलाई एक श्रेणी वृद्धि गरि तह मिलान गर्नुपर्ने संगठनको माग छ ।’

साथै संगठनले शहिद स्मृति दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । २०४८ सालको ५६ दिने आन्दोलनका क्रममा शहीद भएकाहरुको स्मरणमा ‘शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस’ मनाइने प्रवक्ता अधिकारीले बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?