Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गीत, संगीतले समाजलाई उन्नत बनाउँछः उपप्रधानमन्त्री सिंह


काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा गीतकार देवी पराजुलीका गीतहरु सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिभाशाली व्यक्तिहरुलाई आफूले सकेको मद्दत गर्नुले उसको मनोबल माथि उठाउन मद्दत पुग्ने बताए । उनले आफू संगीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रुपमा गीत संगीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताए । गीत, संगीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘प्रतिभाशाली व्यक्तिलाई थोरै भएपनि हौसला बढाउनसके त्यो पनि उपलब्धि हुन्छ । गीत, संगीत समाजलाई उन्नत बनाउने माध्यम हो । म म्युजिक लभर हो । म सुन्छु । सुन्न पनि त चाहियो नि त । गीतले समाजमा भएका कुरालाई हृदयमा छुनेगरी गीतकारले रचना गरेपछि र गायकले पनि त्यही अनुसार गाएपछि गीत पूरा हुन्छ । संविधानमा भएका अधिकार कानून बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ भन्नुभएको छ । त्यसमा मैले खेल्नुपर्ने भुमिका म खेल्नेछु ।’

उपप्रधानमन्त्री सिंहले संविधानमा भएका कुराहरुलाई कार्यान्वयन गराउन सबैको पहल जरुरी रहेको बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?