
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताएका छन् ।
शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्नसक्ने संस्कृति नीति सदनबाट पारित हुने बताए । अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा रहेको पनि उल्लेख गरे । अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा सरकार अग्रसर रहेको बताए । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान लगायतको माध्यमबाट सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्ने बताए ।
मन्त्री पाण्डेले भने, ‘यस पटक हामीले सदनबाट संस्कृति नीति पास गर्दैछौँ । अहिलेको समसामयिक हाम्रो अवस्था, वर्तमान र सामयिकतालाई त्यसले बोकेर हिँड्ने गरी हामीले संस्कृति नीति बनाएका छौँ । अहिले अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा छ । यो सबै अभौतिक विषयवस्तुहरु हुन् । यि अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा हामी अघि बढेका छाँै । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान छ । यि प्रतिष्ठानका माध्यमबाट हाम्रा सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्नेछ ।’
मन्त्री पाण्डेले नेपालको प्रकृति अनुपम रहेको बताए । प्रकृति र संस्कृति नेपालको सम्पती भएको बताएका छन् । संस्कृतिको उत्थान र विकास एवं प्रकृतिको उपयोगबाट नेपाल विश्वमाझ चिनाउनु जरुरी रहेको बताए ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार