Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

कर्मचारीको तलव नबढाएसम्म भ्रष्टाचार रोकिँदैनः सांसद बस्नेत


काठमाडौँ। राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन् ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै सुनिएको बताउँदै कर्मचारीको तलबले खान नपुग्ने स्थिति रहेको बताए । बस्नेतले देशमा महँगी, कालोबजारी बढेको बताउँदै यातायात र शिक्षाको महँगी कारणले कर्मचारीहरू बाच्नै समस्या हुने जिकिर गरे । उनले भ्रष्टाचार दुई किसिमको हुने बताउँदै पहिलो मानसिकताबाट र दोस्रो भोको पेटका कारण हुने बताए । उनले भोको पेटले देशमा काम नहुने बताउँदै कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा जोड दिए ।

उनले भने , “हामीले कर्मचारीले काम गरेन, कर्मचारीहरू काम गर्दैनन्, कर्मचारीहरू भ्रष्ट भए भन्ने कुरा यहाँ धेरै सुनियो । साँच्चिकै कर्मचारीहरू भ्रष्ट भएकै हुन त ? देशको जुन आकासिएको महँगी छ, कालोबजारी छ, कर्मचारीको तलब स्केल हेर्यौ । प्रहरी, सेना, सशस्त्रको तलब स्केल हेरौँ । प्राइभेट सेक्टरको तलब स्केल हेरौँ, पब्लिक सेक्टरको तलब स्केल हेरौँ, त्यसले खान पुग्छ ? नेपालको तलबको रेन्ज २६ हजारदेखि ८० हजार भन्दा माथि छैन । त्यो रेन्जले बाँचेर खान पुग्छ ? भ्रष्टाचार दुई किसिमको हुन्छ । मानसिकताबाट भ्रष्टाचार, त्यो गरिबी होस्, धनी होस् त्यसले भ्रष्टाचार गर्छ । अर्को, भोको पेटले भ्रष्टाचार गर्छ । घर भाडा यस्तो महँगो छ, यातायात, शिक्षा यस्तो महँगो छ, अनि कसरी बाच्ने हो कर्मचारीले ? हामीले अब तलब नबढाउने हो भने यो देशमा भ्रष्टाचार रोकिँदैन । मलाई लाग्छ, भोको पेट यो देशमा काम हुँदैन । हामीले कर्मचारीको सेवा सुविधा बढाउनै पर्छ ।”

उनले सरकारले ल्याएको बजेट केबल सत्तारुढ दलको दस्ताबेज मात्रै नभई साझा राष्ट्रिय आकांक्षाको प्रतीक रहेको दाबी गरे ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?