Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो


ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिकलाई पक्राउ गरी अध्यागन विभागलाई बुझाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा आइतबार क्यानडाका नागरिक टारास टान्सोभलाई ठमेलबाट पक्राउ गरी अध्यागमन विभाग बुझाएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने तथा अनैतिक गतिविधिमा सङ्लग्न रहेका पाइएपछि पक्राउ गरी अध्यागमन विभाग बुझाइएको जानकारी दिनुभयो । “ठमेल घुम्न आउने पर्यटक तथा यस क्षेत्रका घरधनी तथा व्यवसायीलाई लुटपाट गर्ने गरेको उजुरीका आधारमा परिषद्को पहलमा उनलाई पक्राउ गरेका हौँ”, अध्यक्ष शर्माले भन्नुभयो ।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पु¥याएर स्वदेश फर्काउन अध्यागमनले प्रक्रिया सुरु गर्नेछ ।


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?