
एजेन्सी। संयुक्त राष्ट्र संघले बिहीवार २०२४ मा कर्तव्य पालना गर्दा ज्यान गुमाउने १ सय ६८ कर्मचारीहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित वार्षिक स्मृति सभामा भाग लिनुभयो । शान्ति, न्याय र मानवीय मर्यादाको खोजीमा सबैथोक दिनेहरूलाई आफूहरु सम्मान गर्ने बताउनु भयो ।
मृत्यु हुनेहरूमा ३१ देशका सेना, प्रहरी र नागरिक कर्मचारीहरू समावेश थिए । तीमध्ये प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सीका १२५ कर्मचारी सदस्यहरू थिए । जसमध्ये केही आफ्ना परिवारहरूसँगै मारिएका थिए ।
गुटेरेसले गाजामा प्रत्येक ५० युएनआरडब्ल्युए कर्मचारी सदस्यहरूमध्ये एक जनाभन्दा बढी द्वन्द्वमा मारिएको उल्लेख गर्नुभाये । जुन संयुक्त राष्ट्र संघको इतिहासमा सबैभन्दा उच्च कर्मचारी मृत्युदर हो ।
प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार