Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने


एजेन्सी। औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अष्ट्रेलियाको न्युनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ ।

फेयर वर्क कमिसनले मंगलबार घोषणा गरेको छ कि जुलाई १ देखि राष्ट्रिय न्युनतम ज्याला प्रतिघण्टा २४.१ अष्ट्रेलियाली डलर (१५.६ अमेरिकी डलर) बाट बढेर २४.९५ अष्ट्रेलियाली डलर (१६.१ अमेरिकी डलर) प्रतिघण्टा वा पूर्णसमय ३८ घण्टा कार्य हप्ताको आधारमा प्रति हप्ता ९४८ अष्ट्रेलियाली डलर (६१४ अमेरिकी डलर) हुनेछ ।

एफडब्ल्युसीले सरकार, रोजगारदाता र युनियनहरूसँगको परामर्शको आधारमा गरिएको यो निर्णयले २६ लाखभन्दा बढी अष्ट्रेलियाली कामदारहरूलाई असर गर्ने बताएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?