Trending
>>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर >>   सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी >>   अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै काँग्रेस सांसद थानीको आपत्ति >>   थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैनः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गरेका छन् ।

नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गुणस्तरीय मह उत्पादनमा जोड दिन आग्रह गरे । गुणस्तरीय मह उत्पादन गरेपछि बजारीकरणको समस्या नहुने बताए । वित्तीय संस्थाहरुले लगानीका लागि वातावरण तयार गरिदिने हो भने मह उत्पादनका लागि समस्या नहुने उनको भनाइ छ । मह उत्पादक किसानलाई परेको समस्याको समाधान गर्नका लागि सरकारले आवश्यक काम गर्ने प्रतिवद्धता जनाए । आफूले उत्पादन गरेको चिजलाई प्रोत्साहन दिनुपर्ने बताए । महमा आत्मनिर्भर हुन जरुरी रहेको बताए ।

मन्त्री अधिकारीले भने, ‘उत्पादनमा जोड दिनुस् । उत्पादनमा जोड दिइसकेपछि बजारीकरणको समस्या रहँदैन । बजारीकरणको समस्या हामी समाधान गर्नसक्ने अवस्थामा पुग्नसक्छौँ । मह उत्पादन गर्ने साथीहरुले वित्तीय संस्थाहरुले पनि लगानीका लागि वातावरण तयार गरिदिने हो भने उत्पादनका लागि समस्या हुँदैन । उत्पादनमा चरणको समस्या छ । राजनीतिक रुपमा आएको संघीयताले पेशा व्यवसयाय गर्न पनि समस्या पार्यो भन्ने सन्दर्भ पनि आएको छ । त्यस्तो असजिलो परिस्थिति उत्पन्न हुन दिनु हुँदैन । यसको लागि राज्यले गर्नसक्ने गर्छ ।’

मन्त्री अधिकारीले गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता गर्न नपर्ने बताए । उनले मिसावट भएको खण्डमा भने बजारको अभाव रहने बताए । मेला आजबाट जेठको २४ गतेसम्म सञ्चलन हुनेछ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?