Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले उच्च मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय बिलासिता करका कारण थप संकटमा पर्ने बताएका हुन् । उनले भारतमा सुन र हिराका गहना नेपालभन्दा ५.७ प्रतिशत सस्ता हुने हुँदा अवैध कारोबार बढ्ने खतरा रहेको समेत बताए । गहना उद्योग धरासायी भएको अवस्थामा न्युन आय भएका नेपालीले गहना खरिद गर्न नसक्ने अवस्था सिर्जना सरकारले गर्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘उच्च मुल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय आर्थिक वर्ष २०८२÷८३को बजेट वक्तव्यमार्फत लागु २ प्रतिशत बिलासिता करका कारण थप संकटमा पर्ने देखिन्छ । बिलासिता करका कारण नेपालमा भन्दा भारतमा सुन र हिराको गहनामा ५.७ प्रतिशत सस्तो हुने हुँदा अवैध कारोबार बढ्न सक्ने र नेपाली गहना उद्योग धरासायी भएको हुँदा न्युन आय नेपाली नागरिकले सुनका गहना लाउन नपाउने देखिएको छ । नेपालको धर्म संस्कृति र पर्यटनमा समेत यसले ठुलो असर पार्ने देखिन्छ । त्यसकारण सुनका गहनामा लगाइएको बिलासिता कर फिर्ता लिन, सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न, राष्ट्र बैंकको कार्यविधि अनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद रिजालले सरकारले सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न र राष्ट्र बैंकको कार्यविधिअनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?