
काठमाडौँ। नेपाली काँग्रेसकी सांसद विष्णकुमारी सापकोटाले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यक रहेको बताएकी छीन ।
बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएकी हुन् । संयुक्त राष्ट्रसंघले विश्वभर प्लास्टिक प्रदुषण रोक्न अभियान चलाएको उल्लेख गर्दै उनले नेपालले पनि यस विषयमा प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिईन । उनले फलाम, तामा, पित्तलका भाँडाकुँडा र दुना टपरी पुन प्रयोग गर्नुपर्ने र सम्मानस्वरूप प्रयोग हुने प्लास्टिक खादाका माला हटाएर फूलको प्रयोगलाई बढावा दिन जरुरी रहेको समेत बताईन ।
उनले भनीन , ‘संयुक्त राष्ट्र संघले प्लाष्टिक प्रदूषण रोक्न विश्व समूदायको ध्यान केन्द्रित गरेको छ । नेपालले पनि यसको नियन्त्रणको लागि अभियान चलाउन आवश्यक छ । हाम्रा पुराना संरचनाहरुलाई जगाउँदै फलाम, तामा, पित्तलका भाँडा र दुना टपरी तथा सम्मानका लागि प्रयोग गरिने खादाका माला हटाइ फुलको प्रयोगमा प्रोत्साहन गरौँ । वातावरणको संरक्षण र दिगो संरक्षणको लागि प्लाष्टिको व्यापक प्रयोग रोक्न आवश्यक छ ।’
पर्यावरण संरक्षण र दिगो विकासका लागि प्लास्टिकको व्यापक प्रयोग रोक्न आवश्यक अपरिहार्य रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार