
काठमाडौँ। नेपाली काँग्रेसकी सांसद कमला पन्तले मुलुकमा सुशासन कायम हुन नसक्दा देश आर्थिक रूपमा संकटमा फसेको टिप्पणी गरेकी छीन ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेकी हुन् । थोरै पुँजीले पनि धेरै काम गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि सुशासन अभावको कारण मुलुकको विकास हुन नसकेको उनको भनाइ छ । सांसद पन्तले मुलुकको समृद्धि सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सुशासन कायम गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याईन । उनले आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुशासन कायम गर्न ठोस र स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेमो जोड दिईन ।
उनले भनीन, ‘मुलुकमा सुशासन कायम गर्न नसक्दा आज देश यो स्थितिमा पुगेको छ । थोरै पुँजीले पनि धेरै काम गर्ने परिस्थिति हुनसक्थ्यो । तर यो हुन सकेको छैन । किन कि हामीले मुलुकका सुशासन कायम राख्न सकेका छैनौँ । मुलुकको समृद्धि सत्तापक्ष प्रतिपक्ष सबैको लागि आवश्यक हो । सबैले खोजेको मुलुकको समृद्धि नै हो सुशासन नै हो । सुशासनका लागि हामी सबै एक ठाउँमा उभिन सक्यौँ भने मुलुकमा सुशासन कायम हुनसक्छ । मुलुकमा आर्थिक सुशासन नभएकै कारण देश ग्रे लिष्टमा परेको मैले अनुभुति गरेको छु । त्यसैले सुशासन कायम गर्ने प्रतिबद्धता यो बजेटले गर्नुपर्छ ।’
मुलुकको अर्थतन्त्रको सबलिकरणका लागि सरकार सकारात्मक हुनुपर्ने बताईन ।
प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार