Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

राजावादी आन्दोलन रोकिएसँगै राप्रपा नेताहरुका लागि सुरक्षाकर्मी फिर्ता हुन्छन्ः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरुको लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गर्नुभएको थियो । सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको थियो । उक्त प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने बित्तिकै पुनः खटाइने स्पष्ट परे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । संविधानका आधारभुत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न चेतावनी दिए ।

मन्त्री लेखकले भने, ‘अहिले पूर्वराजावादी संस्थाहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र संस्थाहरुले गरिरहेको घटनाहरुका बारेमा प्रश्न उठेको छ । मेरो आग्रह के हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छौँ । यो संविधान हाम्रा पूर्वजहरुले धेरै त्याग, तपस्या, बलिदान, शाहदत दिएर र हजुर हाम्रो पुस्ताले धेरै ठूलो लगानी, मेहनत गरेर हामी यो ठाउँमा पुगेका छौँ । यो गणतन्त्रबाट पछि फर्किने, संघीयता, लोकतन्त्रबाट पछि फर्किने समावेशिताबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजान्छ, यसमा हामी सबै स्पष्ट हुन जरुरी छ । संविधानका आधारभुत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा हामी कोही पनि नलागौँ । सरकारको धारणा यही हो । गणतन्त्र फाल्न मिल्दैन, हुँदैन, यो संविधान फाल्न मिल्दैन, हुँदैन । त्यसका लागि हुने प्रयत्न निरर्थक छन्, त्यसमा नलागिदिन मेरो सादर अनुरोध छ । सुरक्षाकर्मी फिर्ता गरेको विषय अब हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ति सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यि घटनाहरु भएनन् भने सुरक्षा पुनःस्थापित गरिन्छ ।’

गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने बताए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?