Trending
>>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

विधेयकलाई समितिमा धेरै समय होल्ड गर्नु हुँदैनः प्रमुख सचेतक बर्तौला


काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताएका छन् ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी गरी अगाडी बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिए। उनले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गरे । उनले संसद बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जिकिर गरे ।

उनले भने, “छलफल गर्दै जाँदा बैठक ७, ८, ९, १०, ११ कति पुग्छ त्यो एउटा विषय हो । माननीय सभापति ज्यूसँग मेरो अपिल र आग्रह के छ भने, यो विधेयकलाई समितिमा लामो समय होल्ड नहुने गरी अगाडी बढ्ने गरी कार्य तालिका बनाऔँ । यसको लागि समग्र परिस्थिति, सबैको अनुकूलता र संसद् बैठकलाई पनि ख्याल गरेर सबै उपलब्ध हुने गरी यो बैठक निरन्तर राखेर विधेयकलाई अगाडी बढाऔँ भन्ने मेरो आग्रह छ ।”

उनले विधेयकलाई महत्वपूर्ण ठानेर छलफलका कार्यक्रमहरू समेत अगाडी बढाउन आग्रह गरे ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?