Trending
>>   आज मिति २०८२ साल असार ०२ गते सोमबार ,हेर्नूहोस् आजको राशिफल >>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै राजनीतिक दलहरुको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको बताएका हुन् । उनले निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदायलाई मात्र नभइ तल्लो तटीय समुदाय पनि प्रभावित बनेको बताए । जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतिपूर्ण रहेको बताउँदै समाधानको सम्भावनाले भरिएको बताएका छन् । नेपाल पीडितमात्रै नभइ समाधान दिनसक्ने देशको छवि निर्माण गरिएको बताए । जलवायु परिवर्तनका असर न्युनिकरणमा नेपालले गरिरहेका प्रयास ब्राजिलमा हुने कोप ३० मा प्रश्तुत गर्नुपर्ने बताएका हुन् । वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतिपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नोपली काँग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि नेतृत्व लिन तयार रहेको बताए ।

सभापति देउवाले भने, ‘कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ हाम्रा सामु स्पष्ट छन् । निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदाय मात्रै होइन, तल्लो तटीय समुदाय पनि प्रभावित भइरहेको छ । जलवायु परिवर्तनले गर्दा सारा हिमनदी, ग्लेसियर पग्लिरहेका छन् । जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतिपूर्ण छ । त्यसो भएपनि समाधानको सम्भावनाले भरिएको छ । नेपालको सामुदायिक वन, नविकरणीय उर्जा, विद्युतीय सवारी, स्थानीयस्तरमा गरिएको अनुकुलन अभ्यासहरुमार्फत जलवायु संकट समाधानको योगदान दिँदै आएको छ । नेपाल पीडितमात्रै नभइ समाधान दिनसक्ने देशको छवि निर्माण गर्दैछ । अब हाम्रा प्रयासहरुलाई ब्राजिलमा आयोजना हुने कोप ३० मा नेपालले दरिलो रुपमा प्रश्तुत गर्नु आवश्यक छ । वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतिपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नोपली काँग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि अग्र स्थान लिन तयार छ । साथै राजनीतिक दलहरुलाई एउटै साझा मञ्चमा ल्याइ संवाद, सहमति र समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने वातावरण तयार पार्न हामी प्रतिवद्ध छौँ । यसका लागि म पार्टी सभापतिको हैसियतले म स्वयं पनि तयार छु । वातावरण तथा जलवायु परिवर्तनमा पार्टीका सरोकारवाला सबैलाई अझ बढी क्रियाशिल हुन आह्वान गर्दछु ।’

सभापति देउवाले राजनीतिक दलहरुलाई एउटै साझा मञ्चमा ल्याइ संवाद, सहमति, समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने वातावरण तयार पार्न हामी प्रतिवद्ध रहेको बताए । वातावरण तथा जलवायु परिवर्तनमा पार्टीका सरोकारवाला सबैलाई अझ बढी क्रियाशिल हुन आह्वान गरे ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?